सोधिखोजी विशेष

हेटौंडा सिमेन्टको कन्तबिजोग, कतिञ्जेल चल्छ ‘घिटिघिटि’ ?

काठमाडौं । सरकारको भरथेग हुँदा पनि दशकौंदेखि घिटिघिटी चल्दै आएको सरकारी स्वामित्वको ठूलो हेटौंडा सिमेन्ट उद्योग कन्तबिजोग अवस्थामा पुगेको छ । सरकारको चुपुर चुपुर सहयोगमा सञ्चालन हुँदै आएका हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको उत्पादन गत असोज पहिलो सातादेखि ठप्प छन् । हेटौंडा सिमेन्ट उद्योग ४८ वर्षअघि स्थापना भएको थियो ।...

मकवानपुरगढीमा ८ कक्षाको नतिजामा उल्लेख्य सुधार

मकवानपुरगढी– मकवानपुरगढी गाउँपालिकाले आधारभूत तह कक्षा ८ को नतिजामा उल्लेखनीय सुधार गरेको छ । पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको तथ्यांकअनुसार शैक्षिक सत्र २०८० सँग तुलना गर्दा २०८१ मा कक्षा ८ को नतिजा सुधार भएको हो । शैक्षिक सत्र २०८१ मा पालिकाभित्रका १६ वटा सामुदायिक विद्यालयबाट परीक्षामा सहभागी भएका...

बागमती सरकारले नागरिकमा आशा जगाएन, जग पनि बसाएन

हेटौंडा । प्रदेश सभाको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको बागमती प्रदेश सरकारमा २०८१ साउनबाट दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले आए । निरन्तर ६ वर्षदेखि सत्तामा रहेर माओवादी केन्द्र बाहिरिएसँगै पहिलो पटक सरकारको नेतृत्व गरेको कांग्रेसले नागरिकको आशा जगाउने काम गर्न सकेन । मन्त्रालय...

मकवानपुरगढीमा आतंक मच्चाउँदै चितुवा, स्थानीयको पशुचौपाया मार्दै

हेटौंडा– विशेषतस् मकवानपुरगढी गाउँपालिकाको वन क्षेत्र बाघ, चितुवा लगायतका हिंसक जनावरका लागि उपयुक्त बासस्थान होइन । यहाँ विगत २–३ वर्षदेखि कहिले बाघ, कहिले चितुवाको रजगज चलिरहेको छ । बाघले २०७९ कार्तिक २६ गते राति मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ हेलिग्रामा स्थानीय गोपाल विश्वकर्माको ७ वटा खशिबाख्रा मारेको थियो ।...

कैलाश वैकुण्ठ क्षेत्र अहिले पर्यटकीय गन्तव्य

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका–२ मा अवस्थित कैलाशडाँडा र वैकुण्ठक्षेत्र अहिले पर्यटकीय गन्तव्यको रुपमा विकसित भइरहेको छ । प्राकृतिक सौन्दर्यता, हावापानी र धार्मिक तथा पर्यटकीय महत्वका विभिन्नस्थल रहेको यहाँ केही वर्षअघि निर्माण गरिएको डाँफे मुनाल पार्कसहित हिमाल र पहाडको दृश्यावलोकन गर्न सकिन्छ । मकवानपुरको पर्यटकीय नगरी पालुङबाट करिब ३...

बागमती प्रदेशसभा स्थापनाको ७ वर्ष पूरा, कानून निर्माणमा अझै सुस्त

हेटौंडा । बागमती प्रदेशसभाले स्थापनाको ७ वर्ष पार गरेको छ। बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा प्रदेश राजधानी हेटौंडामा सातौं वार्षिकोत्सव मनाइएको छ । प्रदेशसभाको सातौँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले प्रादेशिक संरचनाको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्ने बताए । उनले प्रदेश...

जग्गा अतिक्रमणले मकवानपुरगढीको ऐतिहासिक मन्दिर नै गायब

हेटौंडा । मकवानपुरगढी गाउँपालिका–२, स्थित ऐतिहासिक मकवानपुरगढी दरबारको चण्डिनीदेवीको मन्दिर जग्गा अतिक्रमणले गायब भएको खुलेको छ । मकवानपुरगढी दरबारको पूर्वी मूलगेटबाट सय मिटरको दुरीमा रहेको चण्डिनीदेवीको मन्दिर गायब छ । त्यहाँ अहिले नेपाल टेलिकमको टावर र त्यसको वरपर भौतिक संरचना निर्माण भएका छन् । मन्दिर संरक्षण गर्दै अतिक्रमित जग्गा...

संकटमा देशको भारी बोक्दै बुढो सडक ‘त्रिभुवन राजपथ’

हेटौंडा । (बाह्र छोरा तेह्र नाति, बुढाको धोक्रो काँधैमाथि’ भन्ने नेपाली उखान त्रिभुवन राजपथमा पनि चरितार्थ भएको छ । मुलुकमा ठूलो बाढीपहिरोको संकटको समयमा मुलुकको राजधानीलाई देशका बिभिन्न भागसँग जोड्ने भरपर्दो बिकल्प बन्ने गरेको छ त्रिभुवन राजपथ । विपद्मा काठमाडौंसँग जोडिएका सबै राजमार्ग ठप्प हुँदा देशकै बुढो मानिएको त्रिभुवन...

चुहिने छाप्रोमुनी प्रजा दम्पती, भुकम्पको घर अलपत्र

हेटौंडा ।  मकवानपुरको पश्चिीक्षेत्र मनहरी गाउँपालिका–४, ठाडोखोलाका प्रजादम्पती चुहिने छाप्रोमा बस्दै आएका छन् ।खरले छाएको छाप्रोको देव्रे भाग हवाङ्गै छ । छर्लङ्ग आकाश देखिने छानामुनी रात कटाउन विवश छन्, सन्तबहादुर प्रजा र सीता प्रजा । घर भन्दा मुनी भूकम्पको घर ठेकेदारले अलपत्र पारेर बेपत्ता भएपछि उनीहरुको बिचल्ली भएको छ...

जिल्ला अदालत मकवानपुरको भवन बनाउने ठेकेदार नै अन्यायमा

हेटौंडा– राजनीतिज्ञदेखि, व्यवसायी, कर्मचारी होस वा आमसर्वसाधरण न्याय खोज्न अदालत पुग्छन् । अदालत गएपछि न्याय मिल्ने विश्वास सबैमा छ । तर, अदालतकै भवन निर्माण गर्ने व्यवसायी भने अन्यायमा परेका छन् । व्यवसायी अन्यायमा पर्नुमा अदालतको भने कुनै दोष छैन । संघीय सरकारको बजेटबाट निर्माण भएको जिल्ला अदालत मकवानपुरको भवन...