खेलकुद
उपाधि जित्न हेटौंडामा एक वर्षपछि भिड्दै मनाङ र हिमालयन शेर्पा
हेटौंडा– हेटौंडामा जारी पाँचौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज बुधवार हुँदैछ । हेटौंडा–५, स्थित पिप्ले क्याम्पा रंगशालामा ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मस्र्याङ्दी क्लबसँग मकवानपुर गोल्डकपको उपाधिका लागि ए डिभिजन क्लब हिमालय शेर्पाले संघर्ष गर्दैछ । मकवानपुर गोल्डकपको पाँचौ संस्करणसम्म आइपुग्दा...
मकवानपुर गोल्डकपः मनाङ मर्स्याङ्दी फाइनलमा
हेटौंडा– मनाङ मर्स्याङ्दी क्लब हेटौंडामा जारी पाँचौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको महिलो सेमिफाइनल खेलमा मनाङले विभागीय टोली शसस्त्र प्रहरी बल (एपिएफ)लाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको हो । हेटौंडा–५, स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलको निर्धारित...
आयोजकलाई हराउँदै मनाङ मकवानपुर गोल्डकपको सेमिफाइनलमा
हेटौंडा– आयोजक मकवानपुर–११ लाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब शहीद स्मृति मकवानपुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । हेटौँडा ५, स्थित पिप्लेक्याम्पा रंगशालामा जारी गोल्डकपअन्तर्गत शुक्रबार भएको क्वाटरफाइन खेलमा मनाङले आयोजक मकवानपुरलाई २–१ गोलअन्तरले पराजित गरेको हो । मनाङले १९ फागुनदेखि काठमाडौंमा सुरु हुने ए डिभिजन लिगको नयाँ सिजनका लागि...
आज आयोजक मकवानपुर र मनाङ मस्र्याङ्दी क्लबको भिडन्त
हेटौंडा– हेटौंडामा जारी स्थानीय सहिद स्मृति मकवानपुर गोल्डकपअन्तर्गत् आज शुक्रबार दिउसो आयोजक मकवानपुर–११ र ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मस्र्याङदी आमनेसामने हुँदैछन् । राष्ट्रिय टिमबाट खेलिसकेका अधिकांश खेलाडी मैदान उतार्ने तयारी गरेको मनाङसँग जित निकाल्न आयोजक मकवानपुरलाई ‘फलामको चिउरा चमाए जस्तै’ हुने देखिएको छ । मकवानपुरले यसअघि...
उपाधि दाबेदार आर्मी क्वाटरफाइनलबाट बाहिरियो
हेटौँडा– हेटौँडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्वाटरफाइनलबाट बाहिरिएको छ । विभागीय टोली एपीएफ क्लबसँग पेनाल्टी सुटआउटमा ४–२ गोलले आर्मी लगातार तेस्रो पटक मकवानपुर गोल्डकप जित्ने अबसरबाट बञ्चित बनेको हो । आर्मीले मकवानपुर गोल्डकपको गत दुई संस्करण लगातार जितेको थियो । अनुभवी खेलाडी...
मकवानपुर गोल्डकपः आज त्रिभुवन आर्मी र एपीएफ भिड्दै
हेटौंडा– हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपमा आज बिहीवार नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । गोल्डकप आयोजक जिल्ला फुटबल संघ मकवानपुरका सचिव सुनिल लोप्चनले दिएको जानकारीअनुसार आज दिउसो ३ बजे डिफेन्डिङ च्याम्पियन आर्मी र एपीएफले सेमिफाइन प्रवेशका...
मकवानपुर गोल्डकपः क्यामरुनी टोली अन्तिम चारमा
हेटौंडा– हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपमा क्यामरुनी टोली एभिनियर एफसी अन्तिम चारमा प्रवेश गरेको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा बुधवार भएको खेलमा एभिनियर एफसीले पर्साको बीरगञ्ज युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो । समूह चरणको खेलमा बीरगञ्ज युनाइटेडले काठमाडौंको चर्चित क्लब एनआरटीलाई...
मकवानपुर गोल्डकपः हिमालयन शेर्पासँग बागमती निरीह
हेटौंडा– हेटौंडामा जारी स्थानीय तह शहिद स्मृति गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत् मंगलबार भएको खेलमा हिमालयन शेर्पा विजयी भएको छ । हेटौंडा–५, स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा हिमालयनशेर्पाले सर्लाहीको बागमती युवा क्लबलाई २–१ गोलले पराजित गरेको हो । जितसँगै हिमालयन शेर्पा क्वाटरफाइनल प्रवेश गरेको छ । हिमालयन शेर्पाको जितमा...
मकवानपुर गोल्डकपः पहिलो खेलमा आयोजकको जित
हेटौंडा– हेटौंडामा शनिवारदेखि स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप सुरु भएको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हेटौंडा उपमहानगरकी प्रमुख मिनाकुमारी लामाले निर्णायकलाई बल प्रदान गर्दै गोल्डकपको उद्घाटन गरेकी छन् । मकवानपुरमा आयोजना हुने फुटबल प्रतियोगितामध्ये सबैभन्दा ठूलो मकवानपुर गोल्डकपमा शनिवार आयोजक मकवानपुर–११ र नव जनजागृति युवा...
मकवानपुर गोल्डकपको तयारी पूरा, उद्घाटनमा मकवानपुर र सिमरा भिड्ने
हेटौडा– यही माघ २८ देखि फागुन ११ गतेस्म्म हुने स्थानीय तह शहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपको पाँचौं संस्करणको तयारी पूरा भएको आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । हेटौंडा उपमहानगरपालिका–५, स्थित पिप्ले क्याम्पा रंगशालामा हुने गोल्डकपको तयारी बारे जानकारी दिन बिहीवार पत्रकार सम्मेलन गरिएको थियो । संघका अध्यक्ष...