स्थानीय
डेंगु नियन्त्रण गर्न उपमहानगरले थाल्यो ‘स्प्रे अभियान’
हेटौंडा– लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगको संक्रमणबाट नगरबासीलाई सुरक्षा दिन हेटौंडा उपमहानगरपालिकाले स्प्रे अभियान थालेको छ । गर्मी बढ्न सुरु भएसँगै लामखुट्टे आउने भएकाले उपमहानगरपालिकाले पहिल्यै डेंगु नियन्त्रण गर्ने योजना अघि सारेको हो । यसवर्षकै गर्मी समयमा डेंगुले हेटौंडा त्रासमय बनेको थियो । डेंगु संक्रमणकै कारण एक जनाको मृत्युसमेत...
प्रतिनिधिसभामा सचेतक बन्ने मकवानपुरको पहिलो सांसद् महेश बर्तौला
हेटौंडा– मकवानपुरका प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौला नेकपा एमालेको सचेतक मनोनित भएका छन् ।नेकपा एमाले संसदीय दलको निर्णयले आइतबार प्रतिनिधि सभाका लागि पार्टीको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा बर्तौलालाई चयन गरेको हो । देशको कानुन निर्माण गर्ने थलो प्रतिनिधिसभामा ठूलो पार्टीको सचेतकमा जिम्मेवारी पाउने बर्तौला मकवानपुरका पहिलो सांसद् हुन्...
सुनिल मोक्तान लोकतान्त्रिक तामाङ संघको उपमहासचिव चयन
हेटौंडा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट लोकतान्त्रिक तामाङ संघ नेपालको केन्द्रीय उपमहासचिवमा मकवानपुरका चर्चित युवा नेता सुनिल मोक्तान चयन भएका छन् । संघको काठमाडौंमा शनिवार भएको दोस्रो राष्ट्रिय सम्मेलनले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्षसमेत रहेका मोक्तानलाई उपमहासचिवमा सर्वसम्मत चयन गरेको हो । मोक्तान एमाले मकवानपुर जिल्ला...
लालझाडी र केनाम टोलमा कंक्रिट सडक शिलान्यास
हेटौंडा– कंक्रिट ढलान सडक निर्माणमा जुटेको हेटौंडा उपमहानगरपालिकाको दुई स्थानमा स्ल्याव ढलान (कंक्रिट) सडकको शिलान्यास गरिएको छ । चालु आर्थिक बर्ष २०७९–०८० मा बजेट पुस्तिकमामा समेटिएको योजना अनुसार हेटौंडा–१ लालझाडीको बाराही, धाप र भट्टे टोल जाने तथा हेटौंडा–१२, स्थित केनाम टोल जाने सडक बिहीवार हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी...
अखिल किसान महासंघमा पुनः दंगाल
हेटौंडा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल किसान महासंघ मकवानपुरको पाँचौ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः विष्णु दाहाल चयन भएका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभाका सदस्य भारती पाठकको प्रमुख आतिथ्यता तथा महासंघ मकवानपुरका अध्यक्ष बिष्णु दंगालको अध्यक्षतामा कार्यक्रम भएको थियो । अधिवेशले विष्णु दंगालको अध्यक्षतामा...
बकैयामा हात्तिको आक्रमणबाट एक वृद्धाको मृत्यु
हेटौंडा– मकवानपुरको बकैयामा हात्तिको आक्रमणबाट एक जना वृद्धाको मृत्यु भएको छ । मकवानपुरमा जंगली हात्ती आतंकले उग्र रुप लिदै जाँदा स्थानीयहरु त्रसित भएका छन् । बकैया गाउँपालिका वडा नम्बर–५ पावस निवासी ५० वर्षका जनकलाल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार गएराति...
किसानको समस्या सुन्न पैसा नलाग्ने टोल फ्रि नम्बर
हेटौंडा– बागमती प्रदेश सरकारले किसानको गुनासो सुन्नको लागि पैसा नलाग्ने टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानसहित मन्त्रालयसँग सरोकार राख्नेहरुको समस्या सुन्नको लागि बुधबारबाट निःशुल्क सेवाको रुपमा ‘टोल फ्रि नम्बर’ सञ्चालनमा ल्याएको हो । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री...
हेटौंडामा मोटरसाइकल किन्दा दोङले जिते एक लाख रुपैयाँ
हेटौंडा– मकवानपुरका बुद्विबहादुर दोङले मोटरसाइकल किन्दा एक लाख रुपैयाँ जितेका छन् । बजाजले ल्याएको आठ हजार पक्का र एक लाख जित्ने मौका अफरअन्तर्गत् मोटरसाइकल किन्दा उनले एक लाख रुपैयाँ जितेका हुन् । दोङले एक लाख रुपैयाँ हात पारेका छन् । बजाजले अफर सुरु गरेको पहिलो हप्तामै होराइजन अटो प्रा।लि।...
उपाधि जित्न हेटौंडामा एक वर्षपछि भिड्दै मनाङ र हिमालयन शेर्पा
हेटौंडा– हेटौंडामा जारी पाँचौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज बुधवार हुँदैछ । हेटौंडा–५, स्थित पिप्ले क्याम्पा रंगशालामा ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मस्र्याङ्दी क्लबसँग मकवानपुर गोल्डकपको उपाधिका लागि ए डिभिजन क्लब हिमालय शेर्पाले संघर्ष गर्दैछ । मकवानपुर गोल्डकपको पाँचौ संस्करणसम्म आइपुग्दा...
स्ववियू चुनावः मकवानपुरमा नेकपा एस निकट अखिलले उम्मेद्वार उठाउने
मकवानपुर– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) मकवानपुरले आगामी चैतमा हुने स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को चुनावमा जिल्लाका क्याम्पसहरुमा आफ्नो संगठनका तर्फबाट उम्मेद्वारहरु उठाउने निर्णय गरेको छ । आज मंगलबार अखिल मकवानपुरको चौथो पूर्ण बैठकले स्ववियू चुनाव हुने जिल्लाका विभिन्न सात वटा...