खेलकुद
बागमती प्रदेश सरकारले ओलम्पियनलाई मासिक भत्ता उपलब्ध गराउने
हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशका ओलम्पियनलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । बागमतीका मुख्य मन्त्री बहादुर सिंह लामाले ओलम्पियनलाई मासिक ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् । प्रदेश खेलकुद परिषद् बागमतीको आयोजना र नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा स्कुल टु ओलम्पिकको समापनको अवसरमा शनिवार भएको...
हेटौंडामा न्यू डायमण्डसँग एपीएफ निरीह, जित्यो राष्ट्रिय भलिबल उपाधि
हेटौंडा । हेटौंडामा जारी नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यू डायमण्ड क्लबले जितेको छ । विभागीय टोली एपीएफलाई सोझो सेटमा हराउँदै न्यू डायमण्डले पाँच लाख राशीको पहिलो नेकोस कपको उपाधि उचालेको हो । हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा आज बुधवार भएको फाइनल खेलमा न्यू डायमण्डले एपीएफलाई २५–१२, २५–२३...
बागमतीमा पहिलो पटक स्पोर्टस् अवार्ड तथा युथ समिट गर्दै खेलकुद मन्त्रालय
हेटौंडा । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले पहिलो पटक स्पोर्टस् अवार्ड तथा युथ समिट गर्ने भएको छ । मन्त्रालयले पहिलो पटक यो कार्यक्रम गर्न लागेको हो । प्रदेश सरकार स्थापना भएपछि पहिलो पटक अवार्ड तथा समिट हेटौंडामा आयोजना गर्ने तयारी भइरहेको युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले जानकारी दिए...
मकवानपुर गोल्डकपको ‘मस्तिष्क हल्लाउने हिसाब’, फेहरिस्तले खोले रहस्य
हेटौंडा । जिल्ला फुटबल संघ मकवानपुरले गत संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको हालसालै हिसाब सार्वजनिक गरेको छ । हिसाब त सार्वजनिक भयो, तर जसले त्यो हिसाब हेर्छ त्यसको मस्तिष्क हल्लिन्छ । अझ देशका थुप्रै गोल्डकप फुटबल आयोजनाको खर्च देखेका र नजिकबाट बुझेका व्यक्तिहरुले यो हिसाब हेरे भने...
हेटौंडामा नयाँ खेलाडी उत्पादन गर्न चेस क्लबको प्रशिक्षण
हेटौंडा । बुद्धिचाल (चेस) खेलको विकास तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले हेटौंडा चेस क्लबले औपचारिक रुपमा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । क्लबले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रममा विभिन्न उमेर समूहका ३० जना विद्यार्थीहरुलाई सहभागी गराइएको छ। विशेषगरी एसईई दिएर बसेका विद्यार्थी तथा विद्यालयमा आध्ययनरत् विद्यार्थीलाई लक्षित गरि प्रशिक्षण...
टाइब्रेकरमा भाग्यशाली २ नम्बर वडाले जित्यो मदन–आश्रित फुटबलको उपाधि
हेटौंडा । राष्ट्रिय युवा संघ नेपाल बागमती गाउँपालिका कमिटीको आयोजनामा भएको वडास्तरीय मदन–आश्रित फुटबल प्रतियोगिताको उपाधि गाउँपालिकाको २ नम्बर वडाले जितेको छ । जनता मावि फापरबारीको खेलमैदानमा भएको सोमबार भएको फाइनल खेलमा बागमती–२ नम्बर वडाले ६ नम्बर वडालाई पेनाल्टी सुटआउट (टाइब्रेकर)मा पराजित गरेको हो । दुवै टिमले निर्धारित समयमा...
देखिने काम गर्न खेलकुद मन्त्री महर्जनको निर्देशन
हेटौंडा । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले मन्त्रालय र मातहतका निकायलाई आसपी समन्वय बढाउँदै जनमुखी र परिणाममुखी काम गर्न निर्देशन दिएका छन् । मन्त्रालय मातहतका परिषद्हरुको आर्थिक वर्ष २०८१/८२ को योजना तथा कार्यक्रमकोे समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले एकजुट भएर काम गर्दा उत्कृष्ट नतिजा निकाल्न र समाजमा...
हेटौंडाका रिजन १० लाखमा चितवनमा आवद्ध
हेटौंडा । हेटौंडाका रिजन ढकाललाई नेपाल प्रिमियर लिग ९एनपीएल० अक्सनमा चितवन राइनोजले १० लाख रुपैयाँमा अनुबन्धन गरेको छ ।आइतबार भएको अक्सनमा पहिलो खेलाडीको रुपमा बायाँहाते तीब्रगतिका बलर ढकाल आएका थिए । ढकालले गत फेब्रुअरीमा क्यानडाविरुद्ध ओडीआईमा डेब्यू गरेका थिए । उनले ए ग्रेडको न्यूनतम मूल्य १० लाख रुपैयाँ पाएका...
नवोदयको आयोजनामा ‘एक्जीट’ कार्यक्रम
हेटौंडा/हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको आयोजनामा शनिबार ‘एक्जीट’ कार्यक्रम आयोजना भएको छ । कक्षा १ को ‘मि एण्ड माइ सराउण्डीङ थिम’ मा रही वर्षभरि सिकेका कुरालाई विद्यार्थीहरुले स्टल मार्फत विभिन्न रचनात्मक प्रस्तुती दिएका थिए । उक्त थिममा वृक्षारोपण, डोनेसन, सामाजिक सेवा र सरसफाई गरी ४...
महिला मिलनद्धरा आयोजित चित्रकला प्रतियोगितामा थिङ् प्रथम
हेटौंडा/‘बालविवाहले पारेको असरहरु’ बारे किशोरी सदस्यहरु बीच चित्रकला प्रतियोगितामा हेटौंडा–१३ की क्याथ्रीन थिङ् प्रथम भएकी छन् । शनिबार हेटौंडा–१३ स्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटले ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरिएको चित्रकला प्रतियोगितामा थिङ् प्रथम भएकी हुन् । उनले १६ जनालाई उछिन्दै प्रथम स्थान...