महिला मिलनद्धरा आयोजित चित्रकला प्रतियोगितामा थिङ् प्रथम
हेटौंडा/‘बालविवाहले पारेको असरहरु’ बारे किशोरी सदस्यहरु बीच चित्रकला प्रतियोगितामा हेटौंडा–१३ की क्याथ्रीन थिङ् प्रथम भएकी छन् । शनिबार हेटौंडा–१३ स्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटले ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरिएको चित्रकला प्रतियोगितामा थिङ् प्रथम भएकी हुन् ।
उनले १६ जनालाई उछिन्दै प्रथम स्थान हाँसिल गरेकी हुन् । प्रथम भएसँगै उनले शैक्षिक पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेकी छन् । त्यस्तै, प्रतियोगितामा मनिषा मुक्तान दोश्रो र डोल्मा वाईबा तृतीय भईन् । उनीहरुले पुरस्कारबापत शैक्षिक सामग्रीसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।
यसैगरी, प्रतियोगितामा र उमिशा दोङ् सान्त्वना भई शैक्षिक सामग्रीसहित प्रमाणपत्र प्राप्त गरिन् । पुरस्कृत सबैजनालाई हेटौंडा–१३ का वडा अध्यक्ष पेम्बा लामाले पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण गर्दै वडा अध्यक्ष लामाले किशोरीहरुलाई पढाई सँगसँगै अतिरिक्त क्रियाकलापहरुमा पनि सहभागी हुन आग्रह गरे । उनले आगामी आर्थिक वर्षदेखि १३ नम्वर वडाका विद्यालयहरुमा खेलकुद र संगीतका विभिन्न कार्यक्रमहरु शुरु गरिने समेत तयारी रहेको बताए ।
त्यस्तै , जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडकी कोषाध्यक्ष एवं महिला मिलन साकोसकी निर्वतमान अध्यक्ष विष्णु लामाले जुनसुकै कुरामा किशोरीहरु कमजोर नठान्न आग्रह गरिन् । लामाले किशोरीहरुको उज्वल भबिष्यका निम्ति महिला मिलन साकोसले सदैव साथ सहयोग गर्ने प्रतिवद्धता जनाईन् ।
महिला मिलन साकोसकी उपाध्यक्ष दिपा लामाको सभाध्यक्षता भएको प्रतियोगितामा निर्णायक मण्डलका संम्जयोक हेटौंडा–१३ स्थित महेन्द्र्र मावि शिक्षक महेन्द्र मोक्तान , साकोसकी ब्यवस्थापक फुल मुक्तान थिङ् लगयात सदस्यहरुको सहभागिता रहेको थियो ।