अर्थ / वाणिज्य
अमलेखगंज–हेटौंडा–लोथर पेट्रोलियम पाइपलाइन सम्झौता
हेटौंडा । बाराको अमलेखगंजदेखि चितवनको लोथरसम्म ६२ किमि पेट्रोलियम पाइपलाइन निर्माण गर्ने विषयमा सम्झौता भएको छ । मकवानपुरको चुरेदेखि लोथरसम्म ५० किमि राजमार्ग क्षेत्रमा पाइपलाइन निर्माण हुन लागेको हो । भारत सरकारको अनुदानमा २ वटा पेट्रोलियम पाइपलाइन बन्ने निश्चित भएको हो । बिहीबार भारतको सिलगुढीदेखि झापाको चारआलीसम्म र बाराको...
राजश्व संकलनमा दबाव बढाउँदै प्रदेश सरकार
हेटौंडा । चालु आर्थिक वर्षका लागि बिनियोजन गरिएको खर्चरकमको लक्ष्य भेट्टाउनका लागि बागमती प्रदे सरकारले राजश्व संकलनमा दबाव बढाएको छ । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा बागमती प्रदेश सरकारले साढे २ अर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले उपलब्ध गराएको...
बागमती प्रदेशमा दुई महिनामा साढे २ अर्ब राजश्व सङ्कलन
हेटौंडा । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा बागमती प्रदेश सरकारले साढे २ अर्ब राजस्व सङ्कलन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आव २०८१/८२ को भदौ मसान्तसम्म २ अर्ब ६५ करोड ४३ लाख ४२ हजार राजस्व सङ्कलन भएको हो । गत आवको...
बागमतीको अर्थ समितिमा उठ्यो हेटौंडा कपडा उद्योगको सवाल
हेटौंडा । बागमती प्रदेशसभाको अर्थ तथा विकास समितिमा हेटौंडा कपडा उद्योग सञ्चालनको विषय उठान भएको छ । समितिको बैठकमा जीर्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग सञ्चालनको विषयले प्राथमिकता पाएको हो । बैठकमा कपडा उद्योगको विषय कार्यसूचीमा थिएन । प्रदेश नीति तथा योजना आयोगले तयार गरेको दोस्रो आवधिक योजना ९२०८१–२०८५०...
प्रदेश सरकारको बजेटः योजना माग अत्यधिक, स्रोत सीमित
हेटौंडा– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणको धमाधम भइरहेको बताइएको छ । जेठ मसान्तमा प्रदेश सरकारको बजेट पेस हुने संवैधानिक व्यवस्थाअनुरुप प्रदेश सरकारले बजेट निर्माणको प्रक्रिया तीब्ररुपमा गरिरहेको हो । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ५५ देखि ६० अर्बको हाराहारीमा बजेट ल्याउने...
हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा भण्डारी
हेटौंडा– सरकारले हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा हेटौंडाका युवा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हेटौंडाका व्यवसायी तथा युवा राजनीतिकर्मी भण्डारीलाई अध्यक्ष नियुक्त गरेको हो । संघीय सरकारको उद्योग तथा वाणिज्य मन्त्रालयले हेटौंडा सिमेन्ट उद्योगको रिक्त अध्यक्षमा ३ जनाको उम्मेदवारी स्वीकृत गरेको थियो ।...
बागमतीमा ६७ करोडका ४३७ टुक्रे योजना कार्यान्वयनमा गएन
हेटौंडा । बागमती प्रदेश सरकारले थप गरेको ६७ करोडका ४३७ वटा टुक्रे योजना कार्यान्वयनमा नजाने निश्चित भएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ सकिन तीन महिनामात्रै बाँकी हुँदा आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशसभाबाट पास भएर आएका ५ लाखदेखि ५० लाख रुपैयाँसम्मका टुक्रे योजना थप्न सम्बन्धित मन्त्रालयमा पत्राचार गरेको...
सहकारी मन्त्री भन्छन्– ‘सहकारी क्षेत्रमा ९९ प्रतिशत संचालक असल छन्’
हेटौंडा/बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले सहकारी क्षेत्रको विकासको पक्षमा एकजुट भएर लाग्नुपर्ने बताएका छन् । मंगलबार ६७ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा हेटौंडामा आयोजित कार्यक्रमको उद्घाटन गरेका मन्त्री बज्राचार्यले हाल थोरै संख्याका सहकारी सञ्चालकको स्वार्थका कारण समस्यामा परेको र बदनाम बनिरहेको सहकारी क्षेत्रमा ९९ प्रतिशत...
हेटौँडा सिमेन्ट उद्योगको क्लिङ्कर उत्पादन बन्द
हेटौंडा/सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन हुने क्लिङ्करको उत्पादन कार्य बन्द भएको छ । उद्योगमा क्लिङ्कर उत्पादनका लागि आवश्यक रहेको कोइलाको अभाव तथा मेसिनमा आएको खराबीका कारण सो सिमेन्ट उद्योगद्वारा उत्पादन हुने क्लिङ्कर उत्पादन रोकिएको उद्योग प्रशासनले जनाएको छ । कोइलाका माध्यमबाट भट्टीमा पत्थर अर्थात् ढुङ्गालाई गलाएर क्लिङ्कर...
कान्ति लोकपथ चैत १ देखि ४५ दिन बन्द हुने
हेटौंडा/जिल्लाको टीकाभैरवदेखि तिनपाने भञ्ज्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्ति लोकपथ ४५ दिनका लागि बन्द हुने भएको छ । ललितपुरको काल्चे खण्डको सडक चौडा गर्न आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्ति लोकपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले बताए। ‘मर्मतसम्भारका...