हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा भण्डारी

संवाददाता
जेष्ठ २५, २०८१

हेटौंडा– सरकारले हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा हेटौंडाका युवा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हेटौंडाका व्यवसायी तथा युवा राजनीतिकर्मी भण्डारीलाई अध्यक्ष नियुक्त गरेको हो ।

संघीय सरकारको उद्योग तथा वाणिज्य मन्त्रालयले हेटौंडा सिमेन्ट उद्योगको रिक्त अध्यक्षमा ३ जनाको उम्मेदवारी स्वीकृत गरेको थियो । सप्तरीका सञ्जीवकुमार देव, मकवानपुरका भण्डारी र सिन्धुपाल्चोकका ई. कृष्णभद्र आर्यालको उम्मेदारी स्वीकृत गरेको थियो ।

बैतडीका शंकरसिंह विष्टले पेश गरेको अनुभवसम्बन्धी कागजातमा न्यूनतम अवधि पूरा नदेखिएकाले दरखास्त अस्वीकृत गरेको थियो । मन्त्रालयले जेठ १३ गते ३ उम्मेदवारलाई अन्तर्वार्ताको लागि बोलाएको थियो ।

हेटौंडा सिमेन्टका यसअघिका अध्यक्ष गणेशप्रसाद भेटवालको निधन भएपछि पदरिक्त रहेको थियो । हेटौंडा–५ निवासी भेटवाल पेटसम्बन्धी रोगबाट ग्रसित रहेकोमा उनको उपचारको क्रममा भारतको नयाँदिल्लीस्थित मेदान्ंत अस्पतालमा २० चैतमा निधन भएको हो ।

नवनियुक्त अध्यक्ष भण्डारीले उद्योगको अवस्था नाजुक र चुनौतीपूर्ण अवस्थालाई सुधार गर्ने जिम्मेवारी पाएको प्रतिक्रिया जनाए ।

‘हेटौंडा सिमेन्टको वर्तमान अवस्थाप्रति म दुई दशकदेखि प्रत्यक्ष रुपमा जानकार छु । उद्योगको अवस्था नाजुक छ । यो चुनौतीपूर्ण अवस्थामा उद्योगलाई सुधार गर्ने जिम्मेवारी पाएको छु,’ उनले भने, ‘सरकारले जुन विश्वास गरेको छ । त्यो विश्वासलाई म पूरा गर्नेछु ।,’

हेटौंडा सिमेन्ट उद्योग निरन्तर घाटामा छ । सिमेन्ट बिक्री घट्दो छ भने स्थायी तथा पूर्वकर्मचारीले नियमित तलब, उपदान र स्वास्थ्य सुविधाको रकमसमेत पाएका छैनन् ।

यसैगरी, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रवन्धकमा पदम ओलीलाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषद् बैठकले अन्तराष्ट्रिय सम्मेलन केन्द्र ९बीआईसीसी०को कार्यकारी निर्देशक तेजबहादुर राईलाई तोक्ने निर्णय पनि गरेको शर्माले जानकारी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*