स्वास्थ्य / जीवनशैली
हेटौंडा–४ हुप्रचौरस्थित झाडीमा फेला परेकी नवजात शिशुले पाइन् अभिभावक
हेटौंडा/हेटौंडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित झाडीमा फेला परेकी नवजात शिशुले साढे तीन महिनापछि आफूलाई पालन पोषण र संरक्षण गर्ने अभिभावक पाएकी छिन् । कार्तिक ३० गते बेवारिस अवस्थामा फेला परेकी नवजात शिशुलाई हेटौंडा उपमहानगरपालिकाले मधेश प्रदेशको पर्सा ठोरी गाउँपालिकाका निःसन्तान दम्पतीलाई शिशु हस्तान्तरण गरेको हो । बेवारिसे भेटिएकी शिशुको अभिभावकत्व ग्रहण...
नसर्ने रोगको उपचारमा बागमती सरकारको सहुलियत प्रदान
हेटौँडा /बागमती प्रदेश सरकारले प्रादेशिक अस्पतालको श–या वृद्धि, प्राविधिक कर्मचारीको दरबन्दी थपलगायतमा कार्य गर्दै स्वास्थ्य सेवामाथिको नागरिकको पहुँच वृद्धिसँगै सहुलियतपूर्ण स्वास्थ्य सेवामा जोड दिएको छ । पछिल्लो एक वर्षदेखि प्रादेशिक अस्पताल स्तरोन्नतिसँगै स्वास्थ्य सेवा सुविधा प्रदानलाई प्राथमिकतामा राख्दै आएको प्रदेशको स्वास्थ्य मन्त्रालयले विभिन्न नसर्ने रोगको उपचारमा सहुलियत प्रदान गर्दै...
पशुपतिनाथ माविका बालबालिकाको कान परीक्षण
हेटौंडा– मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविका बालबालिका र अभिभावकको कान परीक्षण शिबिर सम्पन्न भएको छ । अन्तराष्ट्रिय संस्था किवानिज क्लब मकवानपुरको आयोजनामा विद्यालयमा अध्ययन गर्ने बालबालिकाको कान परीक्षण शिबिर संचालन गरेको हो ।किवानिज क्लब मकवानपुरका संस्थापक अध्यक्ष तीर्थराज पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले...
हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग्याउने स्वास्थ्यमन्त्री बस्नेतको संकेत
हेटौंडा– संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौंडा अस्पताल अलग्याउने संकेत गरेका छन् । शनिवार हेटौंडा–२, स्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले प्रतिष्ठान बनाएर मदन भण्डारीको नाम राखेकोप्रति पनि आपत्ति जनाए । उनले जिल्ला अस्पताललाई कसैको नाम जोडेर अस्तित्व...
हेटौंडा अस्पतालमा २५ शैयाको मनोचिकित्सा वार्ड सञ्चालनको तयारी
हेटौंडा– मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालले मनोचिकित्सा वार्ड सञ्चालनमा ल्याउने तयारी गरेको छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर हेटौँडा अस्पतालमा आकस्मिक सेवा २५ शैया क्षमताको मनोचिकित्सा वार्ड सेवा सञ्चालन गर्न लागिएको हो । सोमवार हेटौँडामा पत्रकार सम्मेलन गर्दै हेटौँडा अस्पतालमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको...
मकवानपुरमा डेंगू संक्रमितको संख्या ५६३ पुग्यो
हेटौंडा– पछिल्लो २४ घण्टामा अर्थात सोमबार दिउँसोसम्मको तथ्यांकअनुसार ८ जना नयाँ संक्रमित भेटिएसँगै मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ५६३ पुगेको छ । स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार सोमबार हेटौंडा उपमहानगरपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना, मनहरी गाउँपालिकाका २ जना, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकाका १/१...
हेटौंडा अस्पतालमा दैनिक आउँछन् मानसिक बिरामी
हेटौंडा– हेटौंडा–१० निवासी ३२ वर्षीया सरिता पाण्डे (नाम परिवर्तन)लाई करिब ३ महिनादेखि घरमै बसिराख्दा पनि मन आत्तिने, अब के हुन्छ ? भन्ने डर पैदा भइरहन्थ्यो । केही समयअघि टिकटकमा एकजना मनोरोग विशेषज्ञको जानकारीमूलक भिडियो हेरेपछि आफ्नो समस्या मानसिक समस्या हो जस्तो लागेर हेटौंडा अस्पतालमा जचाँउन आइन् । आफूलाई एन्जाइटी...
राक्सिराङमा कुपोषणको जोखिम
हेटौंडा– पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकाको चेपाङ बस्तीमा पछिल्लो समयमा बालबालिकामा कुपोषणको समस्या जटिल बन्दै गएको छ । तीनै तहको सरकारले बालबालिकालक्षित पोषण कार्यक्रम सञ्चालन गर्दै आएपनि चेपाङ बालबालिकामा कुपोषणको समस्या घटेको छैन । राक्सिराङ गाउँपालिकामा संघीय सरकारले केही वर्षदेखि चेपाङ समुदायका बालबालिकालाई लक्षित गरी चेपाङ स्वास्थ्य सुधारअन्तर्गत कुपोषण न्यूनीकरणका...
४ नम्बर वडामा निःशुल्क स्वास्थ्य शिविर
हेटौंडा– हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजना तथा मोहन बज्राचार्य सहरी स्वास्थ्य केन्द्रको व्यवस्थापनमा शनिवार निःशुल्क स्वास्थ्य शिविर भएको छ । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सहकार्यमा भएको बृहत् निःशुल्क स्वास्थ्य शिविरलाई ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलले उद्घाटन गरेका थिए । स्वास्थ्य मानिसको पहिलो र महत्वपूर्ण धन...
भीमफेदी कारागारका ३० जना कैदीबन्दी बिरामी
हेटौंडा– भीमफेदीमा रहेको भीमफेदी कारारमा अज्ञात रोगबाट सोमबार ३० जना कैदीबन्दी एकैपटक बिरामी परेका छन् । भीमफेदी गाउँपालिका–३ मा रहेको कारागारको ‘क’ ब्लकमा रहेका कैदीबन्दीमा ज्वरो आउने, काँप्ने, पेट दुख्ने र शरीर कमजोर भएको महसुस हुने समस्या देखिएको कारागार प्रशासक तीर्थ पौडेलले जानकारी दिए । कारागार प्रशासक पौडेलका अनुसार...