हेटौंडा अस्पतालमा २५ शैयाको मनोचिकित्सा वार्ड सञ्चालनको तयारी

संवाददाता
अशोज २२, २०८०

हेटौंडा– मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालले मनोचिकित्सा वार्ड सञ्चालनमा ल्याउने तयारी गरेको छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर हेटौँडा अस्पतालमा आकस्मिक सेवा २५ शैया क्षमताको मनोचिकित्सा वार्ड सेवा सञ्चालन गर्न लागिएको हो ।

सोमवार हेटौँडामा पत्रकार सम्मेलन गर्दै हेटौँडा अस्पतालमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा हेटौँडामा रहेको मानव सेवा आश्रममा ३० शैया क्षमताको मानसिक स्वास्थ्य पुर्नस्थापना केन्द्र सञ्चालनको तयारी गरिएको जानकारी दिइएको छ ।

मंगलवार औपचारिक उद्घाटन भएपनि आगामी मंसिरदेखि मनोपरामर्श सेवा पूर्णरुपमा दिईने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष एवं मनोचिकित्सक डा।सुरेन्द्र शेरचनले बताए ।

हेटौँडा अस्पतालमा अन्य बिषयका साथै मानसिक रोग विशेषज्ञ दुईदेखि ५ बजेसम्म विस्तारित ओपिडी सेवा, प्रतिष्ठानमा चालु आर्थिक बर्षबाट एमडि साइक्याट्रिक वा मानसिक रोग विशेषज्ञ तयार गर्ने शैक्षिक कार्यक्रम पनि सञ्चालनको तयारी भईरहेको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*