राक्सिराङमा बोलेरो दुर्घटनामा ९ जना घाइते, ६ जना गम्भीर

संवाददाता
बैशाख २४, २०८२

हेटौंडा । मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा बोलेरो दुर्घटनामा ९ जना घाइते भएको छ ।

ब्ुधवार बिहान करिब ८–१५ बजेको समयमा मकवानपुरको राक्सिराङ्ग गाउँपालिका–९ अठारे स्थित भित्री सडक खण्डमा खैराङबाट मनहरी तर्फ आउदै गरेको बा १५ च १३३३ नम्बरको बोलेरो अचानक सडकदेखि ५० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर ९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । ९ मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

घाइते मध्ये राक्सिराङ गाउँपालिका ९ बस्ने बर्ष १६ को हिमाल बस्नेत, सोही स्थान बस्ने बर्ष ३५ को बुद्धिमान घलान, बर्ष ७५ को डिल ब।घलान, निजको श्रीमति बर्ष अन्दाजि ६५ को फुलमाया घलान, बर्ष ३८ कि रुप बहादुर राउत टाउकोमा, बर्ष ४८ को दिपक खड्का गम्भिर घाइते भएका छन् ।

यस्तै, बर्ष ५० को सुर्य अधिकारी, बर्ष १४ को कुमार तामाङ र बर्ष २८ को सुजन तामाङ घाइते भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*