अपाङ्गता भएकालाई माउ बाख्रा वितरण

संवाददाता
बैशाख २५, २०८२

हेटौंडा । जिल्लाको विकट कैलाश गाउँपालिकाको १८ घरपरिवारलाई बीउ पुजीँ स्वरुप माउ बाख्रा वितरण गरिएको छ ।

महिला, बालबालिका तथा जेष्ठनागरिक शाखाको अपाङ्गता भएको व्यक्तिको लागि जिविकोपार्जन कार्यक्रम अन्तरगत १८ घरपरिवारलाई बाख्रा प्रदान गरिएको हो ।
गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको उपस्थितीमा माउ बाख्रा वितरण गरिएको महिला बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख रमिला सापकोटाले बताइन् ।

बौद्धिक, मानसिक, शारिरीक तथा बहु(अपाङ्गता भएको क वर्गका अपाङ्गतालाई माउ बाख्रा प्रदान गरिएको सापकोटाले बताईन् ।

उक्त कार्यक्रमलाई सामाजिक विकास मन्त्रालयको ६० प्रतिशत, गाउँपालिकाको २० प्रतिशत र सुन्दर ढोका साथी सेवा संस्थाको २० प्रतिशत साझेदारीमा सञ्चालन भएको हो । सोही कार्यक्रम अन्तरगत २ जनाको स्वास्थ्य सेवा गरेको छ भने २ जनाले टनेल निर्माण गरेको सुन्दर ढोका साथी सेवा परियोजना संयोजक राम कार्कीले बताए । एक जनाले भने किराना पसल गरेको उनले बताएका छन् ।

बाख्रा वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, वडा ३ का कार्यबहाक अध्यक्ष राममाया प्रजा, महिला, बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख रमिला सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*