स्थानीय
चितवनमा प्रणामी व्यवसायी संघ गठन
हेटौंडा– प्रणामी समुदायभित्रका व्यवसायीहरुको संगठन प्रणामी व्यवसायी संघ चितवन शाखा गठन भएको छ । हेटौंडा केन्द्रीय कार्यालय रहेको प्रणामी व्यवसायी संघ नेपालले आफ्नो सातौं शाखाको रुपमा सोमबार चितवनमा संघ गठन गरेको हो । गौरव खतिवडाको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हो । संघको उपाध्यक्षमा प्रदीप बाबु खनाल, टेकनाथ...
एमसीसी बारे मकवानपुरका राजनीतिक दलहरुको धारणा के हो ?
हेटौंडा– अहिले देशमै चर्चामा रहेको र सडकमा विरोध भइरहेको अमेरिकन सरकारको सहयोग परियोजनाका विषयमा मकवानपुरका राजनीतिक दलहरुको धारणाका विषयमा अन्तरक्रिया भएको छ । रेडियो बुलेटिनले अमेरिकी सहयोग परियोजना एमसीसीको बिषयमा मकवानपुरका दलहरुको धारणा बिषयक अन्तरक्रिया कार्यक्रम आज शनिबार गरेको हो । अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य मदनकुमार...
हेटौंडामा तीन सशक्त कवि ज्योति, भूपिन र निमेषको कविता वाचन
हेटौंडा– वागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार तीन शसक्त कविको कविता वाचन भएको छ । शक्तिशाली कविता लेखेर चर्चामा रहेका कवि ज्योति जंगल, भूपिन खड्का र निमेष निखिलले हेटौंडाको एभोकाडोमा कविता सुनाएका हुन् । कवि जंगल मोरङ, भूपिन बाग्लुङ र निमेष मकवानपुरको प्रतिनित्व गर्दै कविता वाचन गरेका थिए । उनिहरुलाई...
बागमती सरकारको सय दिनः निःशुल्क रगत सेवादेखि सुरुङमार्गसम्म
हेटौंडा । बागमती प्रदेशमा राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्रीको रुपमा आएपछीको एक सय दिनमा गरेका कामको उपलब्धी आज सार्वजनिक गरिएको छ । पाण्डे नेतृत्वको सरकारले २०७८ कार्तिक ११ गते पद बहाली भए पश्चात् गरेका उपलब्ध आज आफैले प्रदेशका मन्त्रीहरु, सचिबहरु, पत्रकारहरुको रोहबरमा सार्वजनिक गरेका छन् । मूख्यमन्त्री पाण्डेले आफु नेतृत्वको माओवादी...
वृद्धवृद्धालाई सहयोग गरेर देबकोटा कान्छोले मनाए जन्मोत्सव
हेटौंडा– समय मिडिया प्रालिका प्रबन्ध निर्देशक मनोज देवकोटा (देबकोटा कान्छो)ले आफ्नो र पिताको जन्मोत्सव वृद्धवृद्धालाई सहयोग गरेर मनाएका छन् । हेटौंडा–१५, स्थित दिव्यसेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलमा आश्रित वृद्धावृद्धालाई सहयोग गरेर मकवानपुरगढी पत्रकार समाजका उपाध्यक्षसमेत रहेका देवकोटा कान्छोले आफ्नो र पिताको जन्म उत्सव मनाएका हुन् । विगत एक दशक...
बागमती प्रदेश सरकारले तीन वटा मल कारखाना खोल्ने
हेटौंडा– बागमती प्रदेश सरकारले विभिन्न स्थानमा तीनवटा रासायनिक मल कारखाना स्थापना गर्ने भएको छ । प्रदेशभित्र तीन वटा मझौला प्रकारका मल कारखाना सञ्चालन गर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो । तीन वटा मल कारखाना सञ्चालनका लागि जग्गाको खोजी भइरहेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री...
बागमती, बकैया र राक्सिराङ गाउँपालिकामा तीन दिन सार्वजनिक विदा
हेटौंडा– तामाङ समुदायको बाहुल्यता रहेको मकवानपुरको तीनवटा स्थानीय तहले ल्होसार पर्वको सन्दर्भ पारेर तीनदिन सार्वजनिक विदा घोषणा गरेको छ । तामाङ समुदायको सोनाम ल्होछारको अवसरमा मकवानपुरको बागमती, वैकया र राक्सिराङ गाउँपालिकाले तीन दिन बिदा दिने निर्णय गरेकोहो । सोमबार सूचना जारी गर्दै तीनवटै गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा माघ १९,...
बागमतीको दुई संसदीय समिति सभापतिमा एमाले विजयी
हेटौंडा– बागमती प्रदेश सभाअन्तर्गत् सोमबार दुईवटा समितिको सभापति छनौट गरिएको छ । निर्वाचन प्रक्रियामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मात्र सहभागी भएपछि दुवै सभापतिमा एमाले विजयी भएको हो । प्रदेश सभाअन्तर्गत् रहेका अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति छनौट गर्न निर्वाचन भएको थियो ।...
बागमतीमा विपन्न नागरिकलाई रक्तसञ्चार सेवा निःशुल्क
हेटौंडा– बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले परोपकारी काम गरेका छन् । आफु स्वास्थ्य मन्त्री भएदेखि स्वास्थ्य क्षेत्रको सुधारको काम गरिरहेका मन्त्री लामाले रगत लिन कुनै पनि शुल्क तिर्नु नपर्ने व्यवस्था गरेका हुन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको ‘प्रदेश विपन्न नागरिक एवं आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा (सञ्चालन तथा...
मकवानपुरगढीका युवातीलाई तीन महिने ब्यूटीसियन तालिम
हेटौंडा– मकवानपुरगढी गाउँपालिकाको आयोजनामा २० जना युवतीहरुलाई तीन महिने ब्यूटीसियन तालिम दिइएको छ । विगतमा पशुपन्क्षी पालनमा तालिम दिँदै आइरहेको गाउँपालिकाले युवतीहरुलाई स्वरोजगार बनाउन तालिम प्रदान गरेको हो । गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाले बिहीवार गाउँपालिकाभित्रका २० जना युवतीहरुलाई दिइएको तालिम उद्घाटन गरेकी छन् । गाउँपालिकाको लघु उद्यम विकास शाखाले...