चितवनमा प्रणामी व्यवसायी संघ गठन

संवाददाता
फाल्गुन ९, २०७८

हेटौंडा– प्रणामी समुदायभित्रका व्यवसायीहरुको संगठन प्रणामी व्यवसायी संघ चितवन शाखा गठन भएको छ ।

हेटौंडा केन्द्रीय कार्यालय रहेको प्रणामी व्यवसायी संघ नेपालले आफ्नो सातौं शाखाको रुपमा सोमबार चितवनमा संघ गठन गरेको हो । गौरव खतिवडाको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हो ।

संघको उपाध्यक्षमा प्रदीप बाबु खनाल, टेकनाथ प्रसाईं, सचिवमा सेवक बास्तोला, सहसचिवमा विपिन खतिवडा, कोषाध्यक्षमा राजु ढुंगाना चयन भएका छन् ।

सदस्यहरुमा निरज न्यौपाने, बालकृष्ण अमगाईं, दिनेश खतिवडा, उद्धव गौतम, अनिल न्यौपाने, चन्द्रकान्त खरेल, श्याम पोख्रेल, सुर्यमणि ढकाल र राजु विडारी चयन भएका छन् ।

प्रणामी व्यवसायी संघ नेपालका अध्यक्ष बिष्णुप्रसाद वाग्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघका केन्द्रीय सल्लाहकार अर्जुन प्रसाद वाग्ले, संघका केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद घिमिरे, रामप्रसाद पोखरेललगायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमा श्रीकृष्ण प्रणामी युवा परिषद्का केन्द्रीय अध्यक्ष तथा संघका सल्लाहकार जगदिश चन्द्र शर्मा, चितवनका उद्योगपतिहरु राजेन्द्र रिजाल, राजेन्द्र वली, युवराज बराल, प्रणामी व्यवसायी संघका केन्द्रीय सदस्यहरु सुर्यमणि गौतम, देवी प्रसाद अधिकारी, धर्मराज ढकाल, संघ मकवानपुरका संयोजक विनोद पुडासैनीलगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*