अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्दै मकवानपुर बहुमुखी क्याम्पस

हेटौंडा । हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पसले स्थानीयस्तरमा दीगो विकासका लक्ष्यहरुलाई समायोजन गर्ने, युवा विद्यार्थीहरुको सक्षमता अभिवृद्धि गर्ने, दीगो विकासका लक्ष्य हासिल गर्न युवा विद्यार्थीको भूमिका बढाउने लक्ष्य सहित अन्तर्राष्ट्रिय सम्मेलन गर्दै छ ।
क्याम्पस प्रशासनले आज आफ्नै सभाहलमा पत्रकार सम्मेलन गर्दै भोली देखि ३ दिन सम्म अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गरेको क्याम्पसका प्रमुख डाक्टर यम वहादुर सिलवालले बताए । ‘दीगो विकासका लक्ष्यको स्थानीयकरणः युवाको क्षमता विकास’ भन्ने मूल आशयका साथ सम्मेलन हुने छ ।
मकवानपुर बहुमुखी क्याम्पसले विश्वविद्यालय तहको शिक्षालाई व्यवहारिक र उपयोगी बनाउने प्रयास भइरहेको उल्लेख गर्नुहुँदै देश–विदेशका क्याम्पस तथा विश्वविद्यालयहरुसँग सहकार्य भइरहेको उनले बताए । सम्मेलनमा देश–विदेशबाट एक सय भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनमा विभिन्न प्राज्ञिक अध्ययन, अनुसन्धानको प्रस्तुती रहनेछ ।