मकवानपुरगढी बालमैत्री स्थानीय तह घोषणाको तीव्र तयारीमा

संवाददाता
२०७८ चैत्र ९, बुधबार ०८:०६

हेटौंडा– जिल्ला समन्वय समिति मकवानपुर (जिसस)ले बालमैत्री स्थानीय तह घोषणाको तयारीमा रहेको मकवानपुरगढी गाउँपालिकामा मंगलबार अनुगमन गरेको छ ।

जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा गएको टोलीले गाउँपालिकाले बालमैत्री स्थानीय तह घोषणाका लागि हालसम्म गरेका काम कारबाहको अनुगमन साथै अन्तरकृया गरेको हो ।

यस अघि जिसस उपप्रमुख भगवती पुडासैनीको नेतृत्वमा पालिकाको ८ वटै वडाको अनुगमन पश्चात मंगलबार गाउँपालिमा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, विभिन्न शाखाका कर्मचारी एवम् बालमैत्री सहजकर्तासंग छलफल तथा अन्तरकृया गरेको हो ।

छलफलमा गाउँपालिकाका अध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत तथा बालमैत्री सहजकर्ताले हालसम्म भएका कामका बारेमा जानकारी गराएका थिए ।

सुरुमा ३९ वटा सुचकमा काम गरेको भएपनि हाल ५१ वटा सुचकहरु पुरा गरेर घोषणाको लागि तयार भएको जानकारी दिए । गत फागुन २७ गते पालिकाका सबै वडाहरु बालमैत्री घोषणा भएर आगामी १२ गते गाउँपालिकालाई घोषणा गर्ने लक्ष्य रहेका बताए ।

सबै सुचकहरु पुरा भएको साथै बालमैत्री तीन वर्षे लगानी योजना एवम् पाँच वर्षे रणनीतीक योजना समेत तयार पारेर अगाडी बढेको गाउँपालिका अध्यक्ष बिदर हुमागाईंले बताएका छन् ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बालमैत्री घोषणा पश्चात यसको दिगोपनामा समेत ध्यान दिन सुझाव दिएका छन् । उनले अनुगमनबाट आएका कुराहरुलाई सुधार गरेर अगाडी बढ्न सुझाव दिए ।

अनुगमन टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, समन्व्य अधिकारी आनन्दराज पोखरेल, शाखा अधिकृत सुनिता गजुरेल, नायब सुब्बा उपेन्द्रनाथ पोखरेललगायतको सहभागिता रहेको थियो । । जिससको अन्तिम अनुगमन पश्चातको सिफारिसमा प्रदेश सरकारले घोषणाका लागि स्वीकृति दिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*