बागमतीको संसदमा सबैको पहुँच बढाउँदै पारदर्शितामा जोड दिएको दाबी

संवाददाता
मंसिर २, २०७८

हेटौंडा । बागमी प्रदेशसभा सचिवालयमा संसदीय खुलापन र पारदर्शितामा असल अभ्यास सम्बन्धी अन्तरक्रिया भएको छ । जनपत्र मिडिया प्रालि मकवानपुरको आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)को आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठले यहाँको संसदमा सबैको पहुँच बढाउँदै पारदर्शितामा जोड दिएको बताएका छन् । यसअघि संसदमा भएका कमजोरीहरु व्यक्तिको रहेको बताउँदै उनले भने, ‘पहिले भएका कमजोरीहरु सुधार गर्दै जाने छौं । यस्ता कमजोरी कसैबाट भएको भए व्यक्तिले गरेका हुन् । सिङ्गो संस्थाले कमजोरी गरेको होइन ।’

बागमती प्रदेशसभामा पक्षपातको कुनै काम नभएको उनले बताए । सबैलाई समान व्यवहारले काम गरिएको उनको भनाई छ । प्रदेशसभामा विगतका दिनमा भन्दा धेरै सुधारका कामहरु भइरहेको बताउँदै सभामुख श्रेष्ठ भन्छन्, ‘केही टेक्नीकल समस्या र भवनका कारण समस्या परेको हुनसक्छ अब यसलाई सच्याउँदै अगाडी बढ्ने छौं ।’

प्रदेशसभाबाट पास भएका ऐनहरु कार्यान्यनमा गएको र केही ऐनहरु आवश्यकता अनुसार संशोधन भएको श्रेष्ठले बताए । प्रदेशसभामा बजेट पास गराउने बेलामा भन्दा बाहेक अरु बेलामा दलहरुबिचमा समन्वयबाट नै विधयकहरु पास भएको जानकारी दिए । प्रदेशसभामा संस्थागत संरचना नहुँदा केही समस्या परेपनि नागरिकको पहुँमा भने रहेको उनको दावी छ । पत्रकारले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा बोल्दै उहाँले टेक्नीकल मेनपाओर नहुँदा समस्या बढेको बताउका छन् ।

कार्यक्रममा प्रदेशसभाका निमित्त सचिब बिनोद अमात्यले प्रदेशसभाले हालसम्म गरेका कानूनका विषयमा जानकारी गराएका थिए । हालसम्म प्रदेशसभाबाट ६२ वटा एनहरु परित संसोधनसहित गरेर पारित भएको अमात्यले जानकारी दिए । प्रदेशमा ८२ वटा कानून निर्माण गर्नुपर्ने पहिचान भएको छ । पहिचान भएर पनि बन्न बाकी ऐन ४५ वटा रहेका छन् ।

कार्यक्रममा भर्चुअल विधि मार्फत सार्वजनिक लेखा समितिका सभापति न्युछेनारायण श्रेष्ठ, प्रदेश मामिला समितिका सभापति माधब पौडेल सहभागी भएका थिए । त्यसैगरी प्रदेशसभाका बिभिन्न समितिका सचिबहरुको सहभागिता थियो । पत्रकारहरुसँगको अन्तरक्रियामा नागरिक दैनिकका बरिष्ठ संबाददाता इश्वरी सुवेदीले संसदमा खुलापन र हाम्रो अभ्यासका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

बागमती प्रदेशसभामा खुलापनलाई ध्यान नदिएको मकवानपुरका संचारकर्मीहरुले गुनासो गरेका छन् । कार्यक्रममा आफ्ना धारणा राख्दै बागमती प्रदेश पत्रकार महासंघका निवर्तमान अध्यक्ष प्रताप विष्टले प्रदेशसभामा खुलापनको सबैलाई महसुस हुन दिनुपर्ने बताए ।
सभामुखको समन्वयकारी भूमिका हुँदा हुँदै पनि खुलापन हुन समस्या भएको बताउँदै उनले भने, ‘प्रदेशसभा भित्र मिडियालाई सहज रुपमा रिपोटिङ गर्ने व्यवस्था मिलाउन जरुरी छ । समितिका बैठकमा पत्रकारलाई बोलाउने चलन छैन । यसमा पनि बोलाएर राख्न मेरो सुझाब छ ।’

कार्यक्रममा बागमती प्रदेश पत्रकार महासंघका उपाध्यक्ष रुपेश दुलालले प्रदेशसभामा विगतका तुलनामा अहिले सहज भएको बताए । संसदलाई अहिलेको भन्दा पनि अझै खुलापन बनाउनै पर्नेमा उनको जोड थियो । प्रदेशसभाको सेकुरेटीका कारण प्रदेशसभामा खुलापन हुन नसकेको उनले बताए ।

कार्यक्रममा जनपत्र मिडाया प्रालि मकवानपुरका अध्यक्ष हरि हुमागाईले संसदीय खुलापन र पारदर्शितामा असल अभ्यासको सुरुवात गर्नकै लागि कार्यक्रम गरिएको बताएका छन् । संसदको पुरानो भवनका कारण पनि सबैखालका समस्या भएकाले अब नयाँ भवन निर्माण भएपछि धेरै खालका समस्या पनि समाधान हुने उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*