प्रणामी व्यवसायी संघ मकवानपुर गठन

संवाददाता
२०७८ कार्तिक १४, आईतवार २१:१९

हेटौंडा– प्रणामी समुदायभित्रका व्यवसायीहरुको छाता संगठन प्रणामी व्यवसायी संघ मकवानपुर गठन भएको छ । संघको हेटौंडामा भएको भेलाले विनोद पुडासैनीको संयोजकत्वमा १७ सदस्यीय कमिटी गठन गरेको छ ।

संघको तदर्थ समिति निर्माण गरिएको हो । जसको सहसंयोजकमा धर्मराज ढकाल (राजु) तथा सदस्यहरुमा प्रकाश वाग्ले, नवीन तिवारी, सागर उप्रेती, नवीन तिमल्सिना, अजय सापकोटा, बिदुर धिमाल, कृष्णसुन्दर खतिवडा, पुरुषोत्तम सिलवाल, सुमन लम्लास चयन भएका छन् ।

यसैगरी सदस्यहरुमै रमेश वाग्ले, भरत ढकाल, गुरुप्रसाद ढकाल, प्रकाश खतिवडा, अर्जुन ढकाल, शिवप्रसाद खतिवडा चयन भएको संघका केन्द्रीय अध्यक्ष विष्णु वाग्लेले जानकारी दिए ।

हेटौंडामा प्रणामी व्यवसायी संघ केन्द्रीय कमिटीले मकवानपुर उद्योग वाणिज्य संघमा नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको थियो ।

संघका केन्द्रीय अध्यक्ष वाग्लेको सभाध्यतामा भएको कार्यक्रममा मउवा संघका नवनिर्वाचित अध्यक्ष कृष्णकुमार गुप्ता (अग्रवाल), संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्ष अनिल अग्रवाल, प्रमोद सिंह रानाभाट, उज्वल चौलागाईंलगायतको आतिथ्ता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*