२ हजारसम्मको भुक्तानीमा पिनकोड राख्नु नपर्ने

संवाददाता
चैत्र २१, २०७७

काठमाडौं । माछापुच्छ्रे बैंकले भिसा कार्डमार्फत हुने कारोबारलाई सहज बनाउन कन्ट्याक्ट लेस कार्ड सेवा सुरु गरेको छ। कन्ट्याक्ट लेस कार्डले ग्राहकलाई सहज सेवा दिने बैंकले जनाएको छ।

जसअनुसार पीओएसमा कारोबार गर्दा आफ्नो कार्डको पिन नम्बर राख्नु पर्दैन। कार्डको ट्याप एन्ड पे सुविधाका कारण पीओएसमा ट्याप गरी सजिलै कारोबार गर्न सकिने बैंकले जनाएको छ।

कन्ट्याक्ट लेस कार्ड अन्तर्गत बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी दुई हजारसम्मको भुक्तानी गर्दा पिन आवश्यक नपर्ने बताइएको छ।

२ हजार भन्दा बढीको कारोबारमा भने कार्डको पिन नम्बर राख्नुपर्ने जानकारी बैंकले दिएको छ। बैंकले उक्त सेवाका लागि आफ्नो अधिकांश पिओस मेसिनलाई ट्याप एन्ड पे सुविधायुक्त बनाएर स्तरोन्नति गरिसकेको बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*