ज्योति लाइफको आईपीओ फागुन २१ देखि नै, किन सर्यो अघि ?

संवाददाता
फाल्गुन १८, २०७७

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ फागुन २१ गतेदेखि नै निष्काशन हुने भएको छ । यस अघि फागुन २३ गतेदेखि आईपीओ निष्काशन गर्ने भनेको कम्पनीले दुई दिन अघि नै निष्काशन गर्न लागेको हो । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको आग्रहमा निष्कासन मिति अघि सारिएको र अब फागुन २१ देखि २६ गतेसम्म सेयर भर्न सकिने कम्पनीले जनाएको छ ।

ज्योति लाइफले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । कुल निष्काशनमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्ता म्युचुअल फण्डहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

ज्योतिको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*