ग्लोबल आईएमई बैंकका ग्राहकलाई कतार एयरवेजको टिकट किन्दा छुट

संवाददाता
फाल्गुन ८, २०७७

काठमाडौं । ग्लोबल आईएमई बैंक र कतार एयरवेजबीच बैंकका ग्राहकलाई हवाई टिकट किन्दा छुट प्रदान गर्नेसम्बन्धी समझदारी भएको छ ।

समझदारी पत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धन प्रमुख शान्ता शिवाकोटी र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहमद इल एमामले हस्ताक्षर गरे ।

सम्झौताअनुसार ग्लोबल आईएमई बैंकका कर्मचारी एवं डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहक ग्राहकले अनलाइन बुकिङमार्फत कतार एयरवेजको टिकट खरिदमा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*