झन्डै १० अंकले बढेको बजारमा साढे ८ अर्बको सेयर कारोबार

संवाददाता
फाल्गुन ५, २०७७

काठमाडौं । बुधबार सेयर बजार ९.९४ अंकले बढेर २६११.४५ अंकमा पुगेको छ। आजको कुल कारोबार भने ८ अर्ब ३ करोड ५५ लाख १० हजार ८४४ रुपैयाँ  रहेको छ । अरुदिनको तुलनामा आजभने सेयर बजार सामान्य अंकले बढेको हो । नेप्से ०.३८ प्रतिशतले बढेपनि सेन्सेटिभ परिसूचक भने १.४७अंकले बढेर ४७५ अंकमा पुगेको छ ।

२ सय ३ वटा कम्पनीको १ करोड ७६ लाख ८८ हजार २७१ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।आज कारोबार भएको कूल १२ वटा उपसमूहमध्ये ५ वटा उपसमूहको सेयर बढेको छ भने बाँकि ७ वटा उपसमूहहरुको सेयर घटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*