महालक्ष्मीका अध्यक्षमा शर्मा, बीमा समितिका अध्यक्षबाट लिए सपथ

संवाददाता
फाल्गुन ४, २०७७

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सका नव निर्वाचित अध्यक्षले पद तथा गोपनीयताको सपथ लिएकका छन् । बैकको सञ्चालक समिति अध्यक्षमा मनोनीत भएका मनोरञ्जन रमण शर्माले बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालबाट सपथ लिएका हुन् ।

फागुन ३ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले शर्मासहित, शुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई सञ्चालक पदमा निर्वाचित गरेको थियो । साधारण सभा सम्पन्न भै सकेपछि भएको पहिलो बैठकले आगामी ४ वर्षको लागि अध्यक्षमा  मनोनयन गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*