प्रभु इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, १० प्रतिशत बोनस सेयर दिने

संवाददाता
फाल्गुन २, २०७७

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । माघ २९ गतेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो  । त्यस्तै उक्त बैंठकले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण स्वीकृतिको लागि बिमा समितिमा पेस गर्ने निर्णय समेत गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हाे । प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण गरिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*