नेपाल लाइफको वार्षिक साधारण सभा विरगञ्जमा सम्पन्न ५१ प्रतिशत लाभांश पारित

संवाददाता
माघ २८, २०७७

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटल भिष्वा, विरगञ्जमा सम्पन्न भएको हाे ।

सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हाे ।

त्यस्तै, सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका विवरणहरू समेत छलफल गरी पारित गरेको छ ।

सभाले कम्पनीको प्रति सेयर मूल्य हाल एक सय रुपैयाँ रहेकोमा त्यसलाई घटाएर ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने एजेण्डा पारित गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*