कस्ले बेच्दैछ एनसीसी बैंकको २५ लाख कित्ता संस्थापक शेयर ? कस्ले किन्ला लिलामीमा ?

संवाददाता
२०७७ माघ २६, सोमबार १३:१६

काठमाडौं । नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंकले २५ लाख कित्ता संस्थापक तर्फको शेयर लिलामी प्रकृयाबाट विक्री गर्ने भएको छ । बैंकले फागुन २ गतदेखि ९ गतेसम्म बोलकबोल गर्न सकिने गरी उक्त शेयर विक्री खुला गर्ने भएको हो । यो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक ब्यक्ति फर्म कम्पनी तथा संगठित संस्थाहरुले तोकिएको मितिभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

न्यूनतम मूल्य प्रतिशेयर रू. १४० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी न्यूतमम १ एक हजार कित्ता देखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*