कैलाशको तीनवटा टोल पूर्णसरसफाई उन्मुख समुदाय घोषणा

संवाददाता
बैशाख ११, २०८२

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ को तीनवटा टोललाई पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ ।

बुधबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले खैरेनी, घैराङटार र जोइटी टोललाई पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरेका हुन् ।

घोषणा गर्दै अध्यक्ष मुक्तानले सरसफाई र खानेपानीका सूचकलाईलाई अहिले मात्र नभई आगामी दिनहरुमा पनि पालना गर्नुपर्ने बताए । स्वास्थ्य र शिक्षासँगै सरसफाई र खानेपानी उत्तिकै महत्व रहेको छ, दीगो विकास लक्ष्यका लागि यी कार्यक्रमको महत्व रहन्छ, अध्यक्ष मुक्तानले भने ।

घर परिवार हुँदै समुदायमा यस अभियानले सकरात्मक पक्ष रहनुका साथै गाउँपालिकाले विभिन्न संघसंस्थासँग साझेदारीमा कार्यक्रमहरु सञ्चालन गरिने समेत बताए ।

सरसफाईमा महिला दिदीबहिनीको ठुलो हात रहन्छ, यस अभियानका सूचकहरुमा आगामी दिनमा यहाँहरुले नै ध्यान दिनुपर्ने जरुरी रहेको अध्यक्ष मुक्तानले बताए ।

स्वच्छ वातावरण सिर्जनाका लागि सरसफाइले टेवा पुग्ने भएकाले टोल मात्र नभई अब वडाका अन्य टोलहरुमा पनि पूर्ण सरसफाइ निर्माण गरि वडा घोषणा गरिनुपर्ने बताए ।

रोगव्यादीबाट बच्नुका साथै स्वथ्य जीवन यापनका लागि सफा पानी र सरसफाई अनिवार्य रहेको गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले बताए । एक घर एक धारा अभियानलाई सार्थकता दिन गाउँपालिकाले खानेपानी र सरसफाईका क्षेत्रमा साझेदारी गरी कार्यक्रमहरु गर्दै आइरहेको उनले बताए ।

घोषणा पश्चात आगामी दिनहरुमा पनि सूचकहरुलाई पूर्णरुपमा पालना गर्न सम्बन्धित समूह र टोलबासीहरुलाई आग्रह गरे ।

यस अभियानमा आरआरएन, सिडिपिएन, डब्लुडब्लुएच, प्रेम सेवा समाज लगायत विभिन्न संस्थाहरुसँग गाउँपालिकाले साझेदारीमा खानेपानी र सरसफाईका साथै शिक्षा क्षेत्रमा काम गरिरहेको छ ।

घोषणाका लागि पाँच वटा सूचक र २३ वटा उपसूचकमा रहेर काम गरिएको आरआरएनका प्रशासन अधिकृत धर्मराज उपाध्यायले बताए । कार्यक्रममा तीनवटा टोललाई घोषणा पश्चात प्रमाणपत्र प्रदान गरिएको थियो ।

वडा नम्बर ९ का वडाध्यक्ष भुवनसिं घलानको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, कार्यपालिका सदस्य गोरीमाया भुलुन, वडा सदस्य ज्ञानबहादुर घलान, आरआरएनका प्रशासन अधिकृत धर्मराज उपाध्याय, प्रेम सेवा समाजका कार्यक्रम संयोजक उद्धव चेपाङ, नामटार स्वास्थ्य चौकीका प्रमुख अमित श्रेष्ठ लगायत सहकारी, विद्यालय, सुरक्षा निकायका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*