हेटौंडा–१४ मा लटरम्म फल्यो स्ट्रबेरी

संवाददाता
२०८० चैत्र १०, शनिबार १६:५८

हेटौंडा/हेटौंडा उपमहानगरपालिका–१४ स्थित कालोपानीमा एक कृषकले व्यावसायिक रुपमा गरेको  स्ट्रबेरी  खेती यतिबेला लटरम्म फलेका छन् । स्थानीय अर्जुन थिङ्ले एक वर्षअघि करिव ३ कठ्ठामा लगाएको  स्ट्रबेरीले  आम्दानी समेत दिन थालेको छ ।

लामो समयसम्म भारतमा बस्दै आएका थिङ् केहि वर्षअघि मात्रै आफ्नो गाउँ फर्केर कृषि क्रान्तिमा लागेको थिए । करिव ७० हजार लगानीमा गरेको स्ट्रबेरी खेतीबाट थिङ्ले गत वर्षमा डेढ लाख बराबरको स्टोबेरी विक्रि गरेको जानकारी दिए । यस वर्ष पनि करिव दुई लाख रुपैयाँ बराबरको स्ट्रबेरी विक्रि गर्ने थिङ्को लक्ष्य छ । उनले अहिले स्ट्रबेरी खेतीमा भविष्य सुनिश्चित देखेको बताए ।

थिङ्ले स्ट्रबेरी खेतीमा राम्रो सम्भावना देखेपछि थप जग्गामा खेती गर्ने बताएका छन् । उनले उत्पादन गरेको स्ट्रबेरी प्रतिकिलोग्राम ४५० देखि ५०० मा विक्री हुने गर्दछ । यो फल पिसाब सम्बन्धी रोग भएका बिरामीका लागि उपयोगी मानिन्छ । हिउँदमा फस्टाउने स्ट्रबेरीको वृद्धि विकासका लागि २२ देखि २५ डिग्री सेल्सियस दिनको र ७ देखि १३ डिग्री सेल्सियस रातको तापक्रम सबैभन्दा राम्रो मानिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*