महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक

संवाददाता
पुस १०, २०८०

हेटौंडा– हट गायिकाको छवि बनाएकी ज्योती मगरले मंगलबार हेटौंडामा आफ्नो सांगितिक प्रश्तुती प्रश्तुत गरेकी छिन् । हेटौंडाको टिसिएन चौरमा जारी बृहत् खेलकुद तथा व्यापार महोत्सवमा आफ्ना चर्चित गीत गाएकी हुन् ।

आफैं नाच्दै र गाउँदै स्टेजमा करिब एक घन्टा प्रश्तुती दिएकी उनलाई दर्शकहरुले धुलो उड्ने गरी नाचेर साथ दिएका थिए । बिदाको दिन भएकोले पनि अन्य दिन भन्दा मंगलबार दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । मगरले करिब एक दर्जन गीत गाएकी थिइन ।

मगरसँगै मंगलबार कलाकारहरु ध्रुब बिस्को, मनोज गोर्खाली, केको सिङ लगायतको प्रश्तुती थियो । लोक गायक पशुपति शर्मा आउने भनिएपनि बिशेष कारण उनी अनुपस्थित रहेका थिए । जारी महोत्सवमा बुधबार चर्चित लोक गायक बद्री पंगेनी, हेमन्त शर्मा, राजेन्द्र गुन्द्रुके, मिना गिरी लगायतको प्रश्तुती रहने आयोजकले जानकारी दिएको छ ।

१७ गतेसम्म सन्चालन हुने महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको प्रश्तुती रहेको छ । जिल्लाको खेल क्षेत्रको विकासमा लागि मकवानपुर जिल्ला खेलकुद विकास समितिले औधोगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा महोत्सव आयोजना गरेको हो ।

महोत्सवमा दैनिक विभिन्न बिधामा खेलकुदको स्पर्धा समेत भैरहेको छ । महोत्सवमा खाना, लत्ताकपडा, विभिन्न सचेतनामुलक संस्थाको स्टलसहित बाल उद्दान समेत रहेको छ । महोत्सव आयोजना स्थलमै खेलकुद प्रतियोगिता सन्चालन भैरहेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*