महोत्सवमा मंगलबार ज्योति मगर र पशुपति शर्माको ‘धमाका’

संवाददाता
पुस ९, २०८०

हेटौंडा– हेटौंडा–१०, टिसिएन चौरमा जारी बृहत खेलकुद तथा व्यापार महोत्सवमा भोली मंगलबार चर्चित लोक गायिका ज्योति मगर र लोक गायक पशुपति शर्माले ‘धमाका’ मच्चाउने भएका छन् ।

१० पुस मंगलबार चर्चित लोकदोहोरी गायक र गायिकासँगै मनोज गोर्खाली, ध्रुव विस्को, केको सिङलगायतको प्रस्तुती रहने आयोजक खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गीले जानकारी दिए ।

मकवानपुर जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजना हेटौंडाको टिसिएन चौरमा बृहत खेलकुद तथा व्यापार महोत्सव भइरहेको छ ।

प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रश्तुती रहँदै आएको छ । १७ गतेसम्म सञ्चालन हुनेमा महोत्सवमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधामा खेल हुनेछ ।

महोत्सवमा करिब २६० वटा विभिन्न स्टल रहेको छ । महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटो मोबाइलका साथै बाल उद्यान लगायत राखिएको छ ।

महोत्सवबाट खेलकुद विकास समितिलाई प्राप्त हुने रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गर्ने आयोजकले लक्ष्य राखेको छ । महोत्सवबाट मकवानपुर जिल्ला खेलकुद विकास समितिले करिब २५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*