भुटनदेवी महिला सहकारीको १८ औं वार्षिक सभा
हेटौंडा– हेटौंडा १४ कालोपानीमा रहेको भुटनदेवी महिला बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा शनिबार भएको छ । संस्थाको सभा सँगै छैठौं अधिवेसन समेत गरेको छ ।
संस्थाका अध्यक्ष चमेली माया सिंजाली मगरको सभाध्यक्षता तथा वडा नम्बर १४ का वडा अध्यक्ष दीपक खड्काको प्रमुख आतिथ्यतामा भएको थियो ।
सभामा विभिन्न विधामा सदस्यलाई पुरस्कृत गरिएको छ । जेष्ठ सदस्यतर्फ दील बहादुर थोकर, कान्छीमाया स्याङ्तान, विन्दु माया रुम्बा, ठुलीमाया गोले, टीका कुमारी न्यौपानेलाई दोसल्लाका साथ सम्मान गरिएको थियो ।
साथै असल ऋणीतर्फ पुतली थोकर, नियमित बचततर्फ रत्नकुमारी मोक्तान, दैनिक बचततर्फ रामप्रसाद ओली, किशोरी बचततर्फ प्रविना बल, खुत्रुके बचततर्फ आभाष मोक्तान र एकल महिलातर्फ रन्जिता गोलेलाई पुरस्कृत गरिएको थियो ।
सभामा जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य सीताराम दाहाल, नेफ्स्कुन हेटौंडाका सुरेन्द्र श्रेष्ठ, मञ्जुश्री साकोसका अध्यक्ष चन्द्रदेवी थिङ, आधुनिक महिला जागृति साकोसका अध्यक्ष सोममाया मोक्तान, जनचेतना साकोसका सचिव कृष्ण माया तितुङ, जनज्योति माविका प्रअ भोगेन्द्र लुईटेल लगायतको आतिथ्यता रहेको थियो ।
४५ लाख १५ हजार ४ सय शेयरपुजीँ रहेको सहकारीमा बचत निक्षेप ३ करोड ७५ लाख ८ हजार ५३० रुपैया रहेको संस्थाका व्यवस्थापक दीलमाया रुम्बाले बताईन् ।
सहकारीले सदस्यलाई ३ करोड ८३ लाख ३ हजार ३९ रुपैया कर्जा लगानी गरेको बताउँदै व्यवस्थापक रुम्बा भन्छिन्ः हाम्रोमा जगेडा कोषमा १२ लाख ३४ हजार ५०८ रुपैयाँ रहेको छ ।
भुटनदेवी साकोसमा पुनः चमेली
भुटनदेवी महिला साकोसको अध्यक्षमा पुनः चमेली माया सिंजाली चयन भएकी छिन् । शनिबार भएको संस्थाको १८ औं वार्षिक सभा तथा छैठौं अधिवेसनबाट उनको नेतृत्वमा नयाँ समिति चयन गरिएको हो ।
संस्थाको उपाध्यक्षमा शोभा न्यौपाने, सचिवमा सोबी लामा, कोषाध्यक्षमा धर्मकुमारी भ्लोन चयन भएकी छिन् । त्यस्तै, सदस्यहरुमा मंगली थोकर, उर्मिला पौडेल, विष्णुमाया घलान र मीना स्याङ्बो चयन भएकी छिन् ।
सभाले संस्थाको लेखा समिति संयोजकमा मीरा कुमारी आलेमगर चयन गरेको छ भने सदस्यहरुमा कविना सापकोटा र सम्झना थोकर चयन भएका छन् ।