समयमै वार्षिक योजना सम्पन्न गर्ने हेटौंडाका वडाध्यक्ष केसी
हेटौंडा– हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष सुकराम केसीले योजना र कार्यक्रमहरु समयसीमा भित्रै सम्पन्न गरेको बताएका छन् ।
उनले आफू निर्वाचित भएपछि आव २०७९र८० मा गर्नुपर्ने सम्पूर्ण कामहरु सम्पन्न गरेको बताए । चुनावी घोषणा पत्रमा राखिएका कामहरू गरिनुका साथै ती सबै कामहरु सम्पन्न भएको बताए ।
निर्वाचित पछि हामीले पहिलो काम सिमेण्ट रोडको बाटो स्तरीकरण, सिमेन्ट उद्योगको वाइपास कुखरेनी खोला क्षेत्रको बाटो स्तरीकरण गरिएको, त्यस्तै प्रगति उच्च मावि सहितका विद्यालयमा शैक्षिक सुधार कार्यक्रम, स्वास्थ्य बीमा, खेलकुद लगायतका क्षेत्रमा काम गरेका थियौं, उनले भने ।
उनी भन्छन्ः आव ०७९/८० मा प्रगति माविको २ कोठे भवन निर्माण गरिएको र विद्यालय परिसरमा भाडाका लागि बनाइएका सटरहरुको निर्माण सुरु भइसकेको छ भने कुखरेनी खोलाको पदमपोखरी जाने पुल देखी धाप चोक सम्म एक किलोमिटर बाटो ४ करोडमा निर्माण गरिएको बताए । वडामा स्वास्थ्य बीमा अन्तरगत पनि काम गरिरहेको र नेपाल सरकारले दिन ७२ थरिका औषधी बाहेक दीर्घ रोग लागेकाहरुलाई वडाले ५ लाख बजेट विनियोजन गरेर औषधी किनेर खुवाउने कार्य गरिएको बताए । हामीले उक्त कार्य वार्षिक दुई पटक गर्ने गरेका छौं’ उनले भने ।
घरदैलो गरेर, टोलविकास संस्थाको सहकार्यमा तथ्याङ्क लिएर को दीर्घ रोगी हुन् पूर्ण विवरण लिएर निशुल्क औषधी उपलब्ध गराएको र अहिले चालु आवमा पनि उक्त कार्यलाई निरन्तरता दिइरहेको वडाध्यक्ष केसीले बताए । छात्रवृतिमा पनि वडा मार्फत १३० जना भाइबहिनीलाई प्रदान गरेका थियौं ।
हाम्रो वडा कार्यालय निर्माण अन्तिम चरणमा पुगेको छ । केही काम बाकीँ रहेकोले सायद कार्तिक महिनामा आफ्नै भवनमा सर्ने केसीले बताए । बाटा घाटा पूर्वाचार बाहेक हामीले शिक्षित ५५ जना भाइबहिनीलाई सीपमूलक वारिस्टाको तालिम प्रदान गरेका थियौं । उनीहरु उक्त सीपले वैदेशिक रोजगारमा थप टेवा पुगेको छ । महिला लक्षित आयआर्जन र सीपमूलक तालिम प्रदान गरिनुका साथै कौशी खेती, व्युटिपार्लर जस्ता तालिमहरु लाई यस वर्षपनि निरन्तरता दिने वडाको लक्ष्य रहेको वडाध्यक्ष केसीले बताए ।
खेलकुद, स्वास्थ्य क्षेत्रमा वडा कार्यालयले वजेट विनियोजन गरि विभिन्न क्रियाकलाप गर्दै आइरहेको छ, हामीले मोहन स्मृति भेट्रान्स भनेर राष्ट्रिय प्रतियोगीता पनि गरेका थियौं, उनले भने । वडाले वजेट विनियोजन गरेर पहिलो पटक शिक्षक नियुक्त गरेको छ । हामीले ३ जना शिक्षक नियुक्ति गरेका थियौं ।
०७९/८० मा संघीय, प्रदेश र नगरको करिव १२ करोड बजेट वडामा आएको थियो सोही बजेटमा रहेर हामीले विभिन्न योजना र कार्यक्रम तयार पारी समयमै सम्पन्न गरेका थियौं त्यो नै वडाको सकरात्मक पक्ष बन्न पुग्यो । हामीले सबै योजनाहरूे चैत्र र वैशाख महिनाभित्र नै सकेका थियौं, वडाध्यक्ष केसीले भने । चालु आवमा बजेट घटेर आएको छ । उनले सम्पन्न गर्नुपर्ने सबै योजनाहरु समयमै सम्पन्न गरिने प्रतिवद्धता जाहेर गरेका छन् ।
हामी कहाँ ३ वटा सामूदायिक विद्यालय छन् । बजेटमा राखेर नै हामीले ३ जना शिक्षकलाई नियुक्त दिएका छौं । दिव्य पार्कमा पनि वडाकै कर्मचारी राखेका छौं । आगामी दिन हरुमा यसलाई निरन्तरता दिने वडाको लक्ष्य रहेको छ । यति धेरै काम गर्दै जादाँ वडावासीको इच्छा आकंक्षा के रहन्छ कति बढ्छ भन्ने हो, वडाको पहिलो प्राथमिकता भनेको स्वास्थ्य शिक्षा, खेलकूद र पूर्वाधार रहेको छ । हाम्रा वडामा साना साना बाटोहरु छन् । तिनलाई फराकिलो बनाउनु छ ।
हेटौँडा सिमेण्ट उद्योगको बाटो ६ मिटर थियो अहिले १३ मिटरको बनाउँदै छौं । आधा काम भइसकेको, आधा बाँकी छ । ३० लाख बजेट छ, यो पनि चालुवर्ष बाकीँ काम गर्ने छौं, वडाध्यक्ष केसीले भने । विस्तार फराकिलो पार्दै र सिमेन्ट गेट सम्म पु¥याउने योजना रहनुका साथै शान्तिचोकको चौतारा बाट धापचोक सम्म १ किलोमिटर बाटो सर्वे भइसकेको र त्यसलाई पनि हामी ९ मिटरको बाटो बनाउने छौं । त्यो सँगै प्रगति स्कुलदेखी वडा कार्यालयको बाटो धाप सम्म पनि ९ मिटरको बनाउने वडाध्यक्ष केसीले बताए ।
वडाको पहलमा प्रदेश सरकारले ८६ लाख बजेट विनियोजन गरी मानव सेवा आश्रममा ताल९पोखरी० निर्माण सम्पन्न गरेको वडाध्यक्ष केसीले बताए । नगरको सिलिङ बजेट चालु आवमा एक करोड ८५ लाख रहेको भन्दै वडाध्यक्ष केसी भन्छन्, वडाभित्रका सबै योजनाका कामहरु सम्झौता अनुरुप हुनुका साथै चैत्र, बैशाखभित्रमा निर्माण सम्पन्न गरिने बताएका छन् ।
वडामा हेटौंडा सिमेण्ट उद्योग सञ्चालन गरेकाले उनले वडामा हुने सबै निर्माणका कामहरुमा हेटौंडा सिमेण्ट नै प्रयोग गरिएको र आगामी दिनहरुमा पनि प्रयोग गरिने उनले बताए ।