बालेनको तीन दिने अल्टिमेटमले आदिपुरुषको प्रर्दशन रोकियो

संवाददाता
असार १, २०८०

काठमाडौंका सबै हलहरुले भारतीय फिल्म आदिपुरुषको बिहानी प्रदर्शन रद्द गरेका छन् । चलचित्रमा रहेको विवादित वाक्यांशलाई लिएर सुरक्षा खतरा देखाउँदै काठमाडौं उपत्यकाका सबै फिल्म हलले आज बिहानको प्रदर्शन रोकेका हुन् ।

क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले बिहानी शोलाई स्थगित गरेका छन् । दक्षिण भारतीय चलचित्र आदिपुरुषमा जानकी भारतीय छोरी भएको डायलगका कारण नेपालमा विवाद निम्त्याएको थियो । उक्त डायलगका कारण सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सेन्सर बोर्डले सेन्सरमा रोक लगाएको थियो ।

तर, चलचित्रको निर्माण पक्ष नेपालमा प्रदर्शन हुने चलचित्रमा भने उक्त डायलग हटाउन तयार भएको थियो । सेन्सर बोर्डले प्रदर्शनमा रोक लगाएकै बेलामा काठमाडौंका मेयर बालेन शाहले उक्त डायलग नहटाएसम्म काठमाडौं महानगरमा प्रदर्शनमा रोक लगाउने बताएका थिए ।

मेयर बालेनले काठमाडौंमा प्रदर्शनमा रोक लगाउनेमात्र होइन, तीन दिनभित्र सच्याउन पनि आग्रह गरेका थिए । नेपालमात्र होइन, भारतमा प्रदर्शन हुने चलचित्रमा पनि उक्त डायलग हटाउनुपर्ने मेयर बालेनको तर्क थियो ।

मेयर बालेनको उक्त सूचनासँगै सेन्सर बोर्डले भने प्रदर्शनका लागि अनुमति दिएको थियो । नेपालमा प्रदर्शन हुने चलचित्रमा उक्त डायलग हटाउने भएपछि प्रदर्शनका लागि अनुमति दिने निर्णय लिएको हो । तर बालेनको प्रतिक्रियापछि समाज भने विभक्त भएको छ । बालेनको उर्दीकै कारण हल मालिकहरूले सुरक्षाको कारण देखाएर चलचित्र प्रदर्शन रोकेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*