बामगतीमा कर्मचारीको वैयक्तिक विवरण राख्न सुरु

संवाददाता
असार १, २०८०

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीवारबाट प्रदेशमा नियुक्त कर्मचारीहरुको वैयक्तिक विवरण राख्ने कार्यक्रमको सुरुवात गरेको छ ।

प्रदेश लोकसेवा आयोगबाट नियुक्त भएका कर्मचारीहरूको (पीआइएस) विवरण राख्ने काम सुरु गरिएको हो । पहिले प्रदेशबाट नियुक्त भएका कर्मचारीहरुको व्यक्तिगत विवरण हातले लेखेर राखिएको थियो ।

अब भने सफ्टवेयरका माध्यमले राख्न सुरुवात गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता बद्री पाठकले जानकारी दिए । प्रदेश कितावखाना स्थापना भएर गरिएको प्रयास स्वरुप नयाँ नियुक्त कर्मचारीहरुको लागि पहिलो पटक (पीआइएस) नम्बर प्रदान गर्ने कार्यक्रमको सुरुवात प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएको हो ।

संघीयता सुरु भएपश्चात सबैभन्दा पहिला बागमती प्रदेशबाट नै यस कार्यक्रम सुरु गरिएको हो । कार्यक्रमका अवसरमा प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले वैयक्तिक विवरण राख्ने काम कर्मचारी तन्त्रका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए ।

प्रदेश सरकारले कर्मचारीहरुको बढुवा गर्नेलगायतका कामहरु पनि गरेकाले यसको अतिनै आवश्यक परेकाले पनि सुरुवात गरिएको उनको भनाई छ । कर्मचारी व्यावस्थापनको पाटोमा यस काम महत्वपूर्ण रहेको उनले बताए ।

कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाले यस कार्यालयबाट राष्ट्रिय किताब खानाका लागि धेरै पटक पत्राचार गरिएपनि काम नभइरहेको समयमा अब भने सहज भएको बताए । कार्यक्रममा प्रदेशका सचिवहरु, उपसचिवहरु, महाशखाका प्रमुखहरु लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*