तस्बिरमाः कुलेखानी–सिस्नेरी सडकको पहिरो पन्छाईँदै

संवाददाता
२०८० बैशाख २२, शुक्रबार १४:२९

हेटौंडा– काठमाडौं जोड्ने छोटो मार्गअन्तर्गत् कुलेखानी–सिस्नेरी खण्डमा खसेको पहिरो पन्छाउँदै डिभिजन सडक हेटौंडाका कर्मचारी र स्थानीय । विगत केही दिनदेखि परिरहेको वर्षाका कारण सिस्नेरी–कुलेखानी सडक खण्डमा साना पहिरो गएका छन् ।

पानीमै भिजेर पहिरो पन्छाउने काम भइरहेको स्थानीय रोशन ठकुरीले जानकारी दिएका छन् । पहिरो गएर सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् ।

विगतमा सिस्नेरी सडक खण्ड हेटौंडा–काठमाडौं आवतजावतका लागि धेरै प्रयोग हुने गरेको थियो । करिब २ वर्षदेखि सडक निर्माण जारी रहेकाले सवारीसाधनहरु फाखेलको यात्रा बढी गर्दछन् । तस्बिरः रोशन ठकुरी, इन्द्रसरोबर ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*