गुट, पार्टी सत्ता, आमप्रतिस्पर्धा र आजकाे आवश्यकता

नवीन सिग्देल
बैशाख ११, २०८०

संघीय लाेकतान्त्रिक गणतन्त्रकाे सुदृढीकरणलागि राष्ट्रियताकाे रक्षा, विकास र समृद्विकाे नेतृत्व गर्नुपर्ने दलरूकाे जिम्मेवारी ठुला दलहरू कै हाे । ठुला दलहरू आफै र आफूभित्रकाे अन्तरविराेधकाे व्यवस्थापन गर्नु त कता हाे, अन्तरविराेधबाट निर्माण भएका गुटउपगुट, र गुटउपगुटकाे व्यवस्थापन गर्न नसक्दा आन्तरिक किचलाे, पार्टी विभाजन र निर्वाचनमा घात र अन्तरघातकाे शिकार भएका छन् ।

जसकाे कारण जनता निरास बन्न पुग्दा सहायक उत्पादनकाे रूपमा स्वतन्त्र भन्नेहरूकाे राजनीतिक बजार फस्टाएकाे छ । जनक्रान्तिबाट पराजित पुरातनवादी शक्तिहरू सल्वलाउने र कतिपय ठाउँ जनताबाट अनुमाेदित हुने अबस्थाकाे समेत सृजना भएकाे छ । यसकाे मूख्य दाेषी ठुला दल र नेताहरू नै रहेकाे छ । परिणाम संघीय लाेकतान्त्रिक गणतन्त्र माथी नै विभिन्न ढंगले प्रहार भईरहेकाे छ ।

यसकाे मूलकारण बाहिर खाेजेर हल हुँदैन । यसकाे कारण ठुला दलभित्र नै खाेज्नु पर्छ । ठुला दलभित्र देखिएका गुट, उपगुटगत क्रियाकलाप र अन्तरविराेध नै यसकाे मूलकारण हाे । जसकाे कारण आन्तरिक किचलाे, पार्टी विभाजन र घात अन्तरघातकाे श्रृङ्खलाहरू देखिएका छन् । गुट र उपगुट सैद्वान्तिक रूपमा सुन्दा अत्यन्तै अप्रिय र अलाेकप्रिय लाग्ने शब्द हाे । तर गुटगत गतिविधिमा संलग्न हुँदा चाहिँ अत्यन्तै आनन्द र रमाईलाे अनुभूति भईरहकाे पाईन्छ । बास्तवमा पार्टी निर्माण र परिचालनमा खर्चनु पर्ने समय  गुट परिचालनमा खर्च भएकाे पाउँछाै ।

गुट निर्माण र परिचालनमा लगाईने समय पार्टी निर्माणमा खर्चने हाे भने ठुला दलहरूलाई कसैले चियाउन पर्दैन । पार्टीभित्र विभिन्न समयमा आएका विषयबस्तुमा माैन बस्नु अवसरवाद हाे, सहि पक्षमा मत जाहेर गर्नु असल गुण हाे तर स्थाई गुट बनाई निरपेक्ष रूपमा खान र सुत्न समेत विर्सेर गलत विषयकाे पक्षपाेषण गर्नु पार्टी जीवनमा महाराेग हाे । त्यसैले गुट जिवन्त पार्टीकाे लागि महा-महाराेग हाे ।

जसरी मानिसकाे जीवनमा क्यान्सर महाराेग हाे, पार्टी जीवनमा गुट महाराेग हाे । याे महाराेगकाे अरू राेग जस्ताे प्रमाण पनि हुँदैन । यसले पार्टीकाे आन्तरीक जीवनलाई ध्वस्त बनाउन पनि छाेड्दैन । हिजाे एउटा कम्युनिष्ट पार्टीमा अन्तरविराेध हल गर्नकाे लागि आलाेचना र आत्मआलाेचना मूख्य हतियार थियाे । एउटा कम्युनिष्ट पार्टीमा आलाेचना र आत्मआलाेचना हिजाेकाे समय संघर्षकालमा(व्यवस्था परिवर्तनकाे समय) आन्तरिक अन्तरविराेधहरू समाधन गर्न अचुक हतियार थियाे । तर आज  निर्माण (अबस्था परिवर्तन)काे चरणमा याे हतियार भुत्ते भएकाे छ ।

यसलाई प्रयाेग गर्ने र आत्मसाथ गर्ने भन्दा झन् अन्तरविराेध र अविश्वास बढ्ने कारण पाे बन्न पुगेकाे छ । त्यसैले अन्तरविराेधहरू बढ्दै जाँदा गुट माैलाउने र फस्टाउने काम भएकाे छ । गुट माैलाउने र फस्टाउँदै जाँदा दलहरू कमजाेर, घातअन्तरघात, विभाजन हुँदै क्रमस: विघटनसम्म पुग्ने खतरा छ । याे संकेत संघीय लाेकतान्त्रिक गणतन्त्रकाे सुदृढीकरण गर्दै देश, जनता र समाजलाई बलियाे बनाउने भन्नेहरूकाे लागि पक्कै सुखद् हाेईन । त्यसैले ठुला दलहरूले आन्तरिक किचलाे समाधानकाे नयाँ ताैतरीका र विधि अवलम्बन गर्नुपर्छ ।

व्यक्तिगत स्वार्थ र अभिष्ट पूरा गर्न गुट निर्माण हुने गर्दछ ।बलियाे गुटकाे बलमा पार्टीभित्रकाे सत्ता हत्याउन केही व्यक्ति सफल हाेलान् । तर पार्टीलाई एकताबद्व र बलियाे बनाउन र आमप्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न सकिँदैन । आजकाे प्रतिस्पर्धा भनेकाे आमप्रतिस्पर्धा हाे । हिजाे वर्ग संघर्षकाे केन्द्र आन्दाेलन थियाे, आज वर्ग संघर्षकाे केन्द्र निर्वाचन हाे । प्रतिस्पर्धी शक्ति र वर्ग शत्रुलाई पराजित गर्नुपर्ने थलाे भनेकाे निर्वाचन बाट नै हाे । राष्ट्रवादी शक्ति, गणतन्त्रवादी शक्ति, परिवर्तनकारी शक्ति, मुलुकमा विकास र समृद्वि चाहने शक्ति बलियाे बनाउन निर्वाचन जित्नुपर्छ ।

निर्वाचन जित्न बलियाे पार्टी, स्थापित एजेन्डा र लाेकप्रिय नेतृत्वबाट मात्र सम्भव छ । तर गुट र उपगुटले पार्टी बलियाे हाेईन कमजाेर, स्थापित एजेण्डा हाेईन, जनताबाट वस्थापित, व्यक्तिगत र गुटगत स्वार्थ हावि हुने अनि लाेकप्रिय नेतृत्व हाेईन अलाेकप्रिय र असक्षम नेतृत्वकाे कष्टपूर्ण र दुःखद् अबस्थाकाे रहन्छ ।

आजकाे एजेण्डा भनेकाे संघीय लाेकतान्त्रिक गणतन्त्रकाे सुदृढीकरणकाे लागि बलियाे राष्ट्रियता, बलियाे अर्थतन्त्र, बलियाे सामाजिक सद्भाव आवश्यक पर्छ । जसकाे लागि बलियाे राष्ट्रिय शक्ति, राजनीतिक स्थिरता र सुशासन आवश्यक पर्छ । यसकाे लागि बलियाे पार्टी, स्थापित एजेण्डा र लाेकप्रिय नेतृत्वकाे वलमा आमप्रतिस्पर्धाबाट निर्वाचनबाट बहुमतसिद्व गर्नुपर्छ । यसकाे लागि पार्टीभित्र देखिने अन्तरविराेधकाे न्यूननीकरण र गुटगत क्रियाकलाप अन्त्य गर्न आन्तरिक पार्टी जीवनमा नयाँ व्यवस्था आावश्यक छ ।

अवलम्बन गरिएका विधि र पद्वतिले काम नदिएपछि पनि अबलम्वन गर्नु राेग निकाे पार्न म्याद सकिएकाे औषधी प्रयाेग गरिए जस्तै हाे ।  पार्टी काम, आमप्रतिस्पर्धा र संकटमा साझा समजदारी सहित एकजुट हुने, अवसर र जिम्मेवारी प्राप्तिमा उचित मूल्याँकन गरि बाँडफाँडकाे वैज्ञानिक व्यवस्थापन गर्नु आवश्यक छ । कार्यशैली र साेचमा परिवर्तन गर्दै द्वन्द्व व्यवस्थापन, नेतृत्व र कार्यकर्ता व्यवस्थापन र परिचालनकाे लागि नवीनतम् सिद्वान्त अबलम्बन गर्नुपर्छ । पार्टी सञ्चालन पद्वतीमा नै आमूल परिवर्तन हुनु आवश्यक छ ।

जसले नेता कार्यकर्ता हुर्किएका गलत चिन्तन र साेचलाई पनि बदल्न र फेर्न मदत गर्छ । दलहरूप्रति बढ्दै गईरहेकाे अविश्वास हटाउन भविष्यमा हुनसक्ने राष्ट्र, जनता, लाेकतन्त्र, विकास र समृद्धिकाे लागि हुनसक्ने क्षयीकरणबाट जाेगाउन सक्दछ ।

(लेखक: नेकपा एमाले, मकवानपुरका सचिव हुनुहुन्छ, प्रस्तुत विचार उहाँका व्यक्तिगत विचार हुन्)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*