हेटौँडा उपमहानगरपालिकाले करारका ७१ जना कर्मचारी हटायो

संवाददाता
माघ १८, २०७९

हेटौँडा– उपमहानगरपालिकाले करारमा कार्यरत ७१ जना कर्मचारीलाई हटाएको छ । ७१ जना कर्मचारीहरूको पुस मसान्तसम्मको म्याद नथप्ने निर्णय भएसँगै उनीहरुको जागिर गएको हो ।

उपमहानगरपालिकामा चौथो तह, पाँचौ तह र छैटो तहसम्मका ७१ जना कर्मचारी करारमा कार्यरत थिए । उपमहानगरपालिकाको कार्यपालिका बैठकबाट करारमा कार्यरत कर्मचारीहरूको म्याद नथप्ने निर्णय भएको प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।

न्यौपानेले यसअघिका जनप्रतिनिधिबाट तोकआदेशकै भरमा करारमा नियुक्त भएकाको म्याद नथपिएको बताए । ‘कम्प्युटर अप्रेटर, स्वास्थ्य, प्रशासन, प्राविधिक कर्मचारीको पुस मसान्तसम्मको म्याद थप नगरिएको हो,’ न्यौपानेले भने ।

हटाइएका कर्मचारीहरूलाई करारमा नियुक्त गर्दा परीक्षाको सामान्य प्रक्रिया पनि पूरा नगएिको र तोकआदेशका भरमा जागिर खाएकाले हटाइएको १ नम्बर वडा अध्यक्षसमेत रहेका प्रवक्ता न्यौपानेले बताए ।

म्याद नथप्ने निर्णयले लामो समयदेखि नगरपालिकामा काम गर्दै आएका करारका कर्मचारीहरूसमेत हटेका छन् । उपमहानगरपालिकाको अघिल्लो कार्यकालमा निवर्तमान मेयर हरिबहादुर महतले थुप्रैलाई करारमा नियुक्त दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*