लटरम्मेश्वर क्षेत्र विकासमा भीमफेदीको ४० लाख

संवाददाता
माघ ३, २०७९

हेटौंडा– पछिल्लो समय आन्तरिक पर्यटनमा चर्चा बटुल्दै आइरहेको भीमफेदी र बकैया गाउँपालिको सीमानामा रहेको लटरम्मेश्वर महादेवको मन्दिर क्षेत्र विकास लागि स्थानीय सरकार जुटेका छन् ।

भीमफेदी गाउँपालिका–८ र बकैया गाउँपालिका वडा नम्बर १२ को लटरम्मेश्वर मन्दिर क्षेत्रको विकासको लागि भीमफेदी गाउँपालिकाले ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।

माघे संक्रान्ति मेलाको अवसरमा लटरम्मेश्वर परिसरमा भएको कार्यक्रममा बोल्दै भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले लटारम्मेश्वर मन्दिर क्षेत्रको विकासको लागि गाउँपालिकाले यो वर्ष ४० लाख बजेट विनियोजन गरेर काम अघि बढाएको बताए ।

लटारम्मेश्वर क्षेत्रमा आउने पर्यटक तथा भक्तजनको लागि खानेपानीको व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण तथा बिजुलीको काम पहिलो चरणमा हुने उनको भनाई छ ।

१ हजार ८ सय ५६ मिटर अग्लो डब्लु डाँडामा रहेको लटारम्मेश्वर महादेवको मन्दिर क्षेत्रमा अहिले देश–विदेशको पर्यटकहरु आउने क्रम बढेको बन्दै उनले यस क्षेत्रलाई गाउँपालिकाले ‘माष्टरप्लान’ बनाएर काम अघि बढाएको बताए ।

लटारम्मेश्वर क्षेत्रले समग्र भीमफेदीको धार्मिक पर्यटन क्षेत्रलाई थप उस्तहित बनाएको उनको भनाई छ । लटारम्मेश्वर क्षेत्रमा आउने पर्यटकको लागि खान तथा बस्नको सुविधाको लागि गाउँपालिकाले यही क्षेत्रका स्थानीयहरुलाइ तालिम दिएर ‘हामे स्टे’ निर्माणमा सहयोग गर्ने उनले बताए ।
लटरम्मेश्वर मन्दिरमा यसवर्ष माघे संक्रान्ति भव्य तरिकाले मनाइएको छ । प्रत्येक वर्ष माघ १ गते लाग्ने मेलामा यस पटक करिब पाँच हजारको संख्यामा भक्तालुहरु मेला भर्न गएको भीमफेदी गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष विष्णु लामाले जानकारी दिए । संक्रान्तिको अघिल्लो दिनबाट लाग्ने मेला भोलिपल्ट समापन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*