डिआइजीहरुलाई गृहमन्त्री रविको निर्देशनः पीडितको पक्षमा खम्बा भएर उभिनू

संवाददाता
माघ २, २०७९

हेटौंडा– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश प्रहरी प्रमुखको रुपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डीआइजी)हरुलाई उच्च मनोवलका साथ प्रदेशमा गएर काम गर्न निर्देशन दिएका छन् ।

२८ पुषमा भएको सरुवापश्चात जिम्मेवारी हेरफेर भएका डीआइजीहरुलाई सोमबार गृहमन्त्रालयमा निर्देशन दिँदै मन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेपबिना संगठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरेको बताए ।

विगतमा सरुवालाई सजायको रुपमा लिने गरिको भएता पनि यसपटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोकिएको बताउँदै उनले प्रदेशमा कुनै पनि राजनीतिक आग्रह वा पूर्वाग्रह नराखी जनताको हितका पक्षमा काम गर्न निर्देशन दिए ।

उनले सधै पीडितको पक्षमा खम्बा भएर उभिन पनि आग्रह गरे । कसैको प्रभाव वा दवाबमा नपरी नागरिकको साथी बन्ने गरेर नियम कानुनको पालनमा दृढ रहन पनि मन्त्री लामिछानेले निर्देशन दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*