गोपालीहरुको संस्कृति जगेर्ना गर्न संग्राहलय बनाउँछुः बर्तौला
हेटौंडा– मकवानपुर क्षेत्र नम्बर–२ मा एमालेका तर्फका उम्मेदवार महेश कुमार बर्तौलाले गोपालीहरुको संस्कृति जगर्ने गर्दै पर्यटन विकासका लागि आवश्यक भुमिका खेल्ने बताएका छन् ।
थाहानगरपालिका वडा नम्बर– १ कुन्छालमा एमाले वडा कमिटीको आयोजनामा भएको कार्यक्रमलाई संबोधन गर्दै उहाँले गोपाली गाउँको डबली जसबाट यहाँको जनताको चुलोको समृद्धि आउने बताए । यस क्षेत्रमा रहेका सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गरेर बालबालिकाहरुलाई प्राविधिक शिक्षा प्रदान गर्न आफू लागि पर्ने बताए ।
इन्द्रसरोबरदेखि थाहा नगर जोड्ने कुन्छाल कलंकी सडक अझै अव्यवस्थित रहेकोले आफुले सुधार तथा स्तरिकरण गर्ने बताएका छन् । मुलाबारी पर्यटकीय पार्क निर्माण गरेर यहाँ आउने पर्यटकलाई भुलाउने र यहाँको जनताको आर्थिक स्तर वृद्धि गर्ने बर्तौलाको भनाई छ ।
कृषि पसुको व्यवसायिक परियोजना लेराउन आफुले महत्वपूर्ण भुमिका खेल्ने बताउँदै युवा स्वरोजगारी सिर्जना गर्न आफुले योजना बनाएर काम गर्ने बताएका छन् । यो क्षेत्र तरकारिको लागि पनि चिनिने भएकोले तरकारी फल्ने खेत कुनै पनि सिमेन्टेड हुनेमा चिन्ता व्यक्त गर्दै उब्जनिहुने खेतबारिमा खेती गर्ने बाताबरण आफुले बनाउने बताए ।
कार्यक्रममा एमालेका तफृबाट क्षेत्र नम्बर–२ को (क) का उम्मेदवार विष्णु प्रसाद ढकालले प्रदेशसभाको उम्मेदवार हुँदा रुपचन्द्र पछाडि पहिलो पटक थाहाले सांसदको टिकट पाएको बताउँदै सवै थाहाबासीले सुर्यमा मतदान गर्नुपर्ने बताए । संघमा उठेको महेश बर्तौला नामटारको स्थानीय र आफू पालुङ्गको स्थानीय भएको बताउँदै यस क्षेत्रका जनतासँग निरन्तर जोडिएर सेवा गर्नेमा निशंकोच विश्वास गर्न आग्रह गरे ।