मकवानपुरसहित बागमतीको १० जिल्लामा ५२ यात्रु सहायता कक्ष

संवाददाता
अशोज १०, २०७९

हेटौंडा– बागमती प्रदेश प्रहरी कार्यालयले चाडपर्व नजिकिँदै गर्दा यात्रुहरूको सुरक्षाका लागि बागमती प्रदेशका १० जिल्लामा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

चाडपर्वको समयमा यात्रुहरुको भिडभाड हुने भएकाले सुरक्षित हिसाबले गन्तव्यतर्फ पुग्ने वातावरण सिर्जना गर्न प्रदेश अन्तर्गतका १० वटा जिल्लामा एकैपटक ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरी संचालनमा ल्याईएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार प्रदेश अन्तर्गतका व्यस्त बसपार्क, यात्रुको भिडभाड र आवतजावत हुने स्थानहरुमा ट्राफिक प्रहरी सहितको सहायता कक्ष स्थापना गरिएको हो ।

मकवानपुरमा ८, चितवनमा ४, धादिङमा ६, नुवाकोटमा ६, रसुवामा ६, काभ्रेमा ९, सिन्धुपाल्चोकमा ५, दोलखामा १, रामेछाप २ र सिन्धुलीमा ५ गरी जम्मा ५२ वटा यात्रु तथा नागरिक सहायता कक्ष एकैपटक संचालनमा ल्याईएको उनले बताए ।

स्थापना भएका यात्रु तथा नागरिक सहायता कक्षमा ट्राफिक तथा महिला प्रहरी सहित १ सिफ्टमा १५६ जना प्रहरी हुने गरी २४ औं घण्टा प्रहरी परिचालन गरिएको रग्मीले बताए । यात्रा गर्दा आफुलाई कुनै समस्या पर्न गएमा तत्काल यात्रु सहायता कक्षमा सम्पर्क राख्न र आफ्नो समस्या समाधान गर्न प्रहरीले अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*