समाचार
हेटौंडाका बिक्रम बानियाँलाई राष्ट्रिय खेलकुद पत्रकार पुरस्कार
हेटौंडा । हेटौंडामा रहेर खेलकुद पत्रकारिता गर्दै आइरहेका बिक्रम बानियाँ राष्ट्रिय खेलकुद पत्रकार प्रोत्साह पुरस्कारबाट पुरस्कृत भएका छन् । संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयले वार्षिक रुपमा प्रदान गर्दै आएको खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट हेटौंडाका बानियाँ पनि पुरस्कृत भएका हुन् । बानियाँ गोलनेपाल डटकमसँग आबद्ध छन् । उनले विशेषतः...
बागमती प्रदेश सरकारले ओलम्पियनलाई मासिक भत्ता उपलब्ध गराउने
हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशका ओलम्पियनलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । बागमतीका मुख्य मन्त्री बहादुर सिंह लामाले ओलम्पियनलाई मासिक ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् । प्रदेश खेलकुद परिषद् बागमतीको आयोजना र नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा स्कुल टु ओलम्पिकको समापनको अवसरमा शनिवार भएको...
नवोदय शिशु सदनमा मनाइयो ‘पाइ डे’
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४, स्थित नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले विगत वर्षहरुमा झैं यस वर्ष पनि ‘पाइ डे’ मनाएको छ । गणित विषय विभागको संयोजनमा आयोजित कार्यक्रममा कक्षा २ देखि ९ सम्मका विद्यार्थीहरुले गणितसँग सम्बन्धित ४८ वटा स्टलमार्फत विभिन्न सिर्जनात्मक गतिविधिहरु प्रस्तुत गरेका थिए । विद्यार्थीहरुलाई व्यवहारिक सीप...
बागमतीमा हालसम्म २० प्रतिशत रोपाइँ, देशभर गतवर्ष भन्दा दुई प्रतिशतले कम
हेटौंडा । देशभरि असार दोस्रो सातासम्म १५ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागले शुक्रबार यो तथ्यांक सार्वजनिक गरेको हो । विभागको तथ्यांक अनुसार १३ असारसम्म १ करोड ३९ लाख १३ हजार २१ हेक्टरमध्ये २ लाख १७ हजार २ सय ८९ हेक्टरमा...
एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उतीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को एसईईको नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड (उतीर्ण) भएको बोर्डले जनाएको छ । नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८...
रैथाने बालीले हराभरा बाँझो जमिन, गाउँको कोदोको बीउ हिमालदेखि तराईसम्म
मकवानपुरगढी । उचित मूल्य र बजारको अभावमा रैथाने बालीको खेती छाडेर पलायन भएका मकवानपुरगढी गाउँपालिकाका किसानहरु स्थानीय सरकारको प्रवद्र्धनात्मक कार्यक्रमपछि पुनः व्यावसायिक खेतीतर्फ फर्किएका छन् । गाउँपालिकाले न्यूनतम समर्थन मूल्य, उत्पादन अनुदान र बजार व्यवस्थापनको सुनिश्चितता गरेपछि कुनै समय बाँझिएका सयौँ रोपनी जमिनमा अहिले कोदो र फापर लहलह भएका...
ओझेलमा भीमफेदीको हात्तीसार
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको ऐतिहासिक हात्तीसार संग्रहालय प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । नेपाल भ्रमण वर्ष १९९८ को सन्दर्भमा संग्रहालय स्थापना गरिएको थियो । बेलायती महारानी एलिजाबेथ द्वितीया र राणा प्रधानमन्त्री जंगबहादुर राणाले सिकार खेल्न जाने क्रममा हात्ती पार्किङस्थलका रुपमा परिचित यो संग्रहालय पर्यटकको पर्खाइमा बसेको छ...
बागमतीमा बजेट विवाद चर्किँदै, प्रदेशसभा बैठक चार दिन धकेलियो
१३ असार, हेटौंडा । बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र बजेटको विषयमा चर्को विवाद उत्पन्न भएपछि बजेटमाथिको छलफलका लागि बोलाइएको प्रदेशसभा बैठक धकेलिएको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलको बुधवार साँझ र आज बिहीवार बिहान ९ बजेदेखि बसेको बैठकमा सांसदहरुले बजेटप्रति असन्तुष्टी राखेका थिए । कांग्रेसभित्र बजेटको...
हेटौंडामा विपद्को बेला सामान बोक्ने ड्रोनको सफलतापूर्वक परीक्षण
हेटौंडा । बागमती प्रदेश सरकारले विपद्को बेला सम्पर्क सडक सम्पर्क टुटेका क्षेत्रका लागि सामान बोकेर पुर्याउन सक्ने ड्रोनको सफलतापूर्वक परीक्षण गरेको छ । प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा आइडिया हब इन्टरनेशलन प्रा.लिको प्राविधिक सहयोगमा बुधवार हेटौंडा उपमहानगरपालिका–६, स्थित गौरीटार रंगशालामा ड्रोन मार्फत् अत्यावश्यक सामग्रीको ढुवानी कसरी...
बागमतीको बजेटमा सञ्चार क्षेत्रलाई उपेक्षा गरेको आरोप, संघर्षमा उत्रिने चेतावनी
हेटौंडा । सञ्चार क्षेत्रलाई उपेक्षा गरेर आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याइएकोप्रति पत्रकारहरुका विभिन्न संघसंगठनले विरोध जनाएका छन । बागमती प्रदेश सरकारले ६७ अर्बको सार्वजनिक गर्दा सञ्चार क्षेत्रलाई उपेक्षा गरिएको भन्दै पत्रकार महासंघ बागमती प्रदेश लगायत १२ सञ्चार सम्बद्ध संगठनहरुले बुधवार मुख्यममन्त्रीलगायतलाई भेटेर असन्तुष्टि जनाएका छन् । सञ्चारमैत्री...