स्थानीय

हेटौंडाको होटलबाट लागुऔषधसहित तीन जना पक्राउ

हेटौंडा । हेटौंडामा रहेको एक होटलबाट लागूऔषधसहित मकवानपुर प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१० स्थित सेन्टर प्वाइन्ट होटलको कोठा नम्बर १०४ बाट लागूऔषधसहित ३ जनालाई पक्रेको हो । पक्राउ पर्नेमा हेटौंडा–७ का २० वर्षीय सुकलाल स्याङ्तान र १८ वर्षीय विशाल गोले तथा पर्साको वीरगञ्ज महानगरपालिका–२१ बस्ने २२...

बागमती प्रदेशले ११ महिनामा आधा पनि बजेट खर्च गर्न सकेन

हेटौंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको अवधिमा ५० प्रतिशत भन्दा कम बजेट खर्च गरेको छ । आर्थिक वर्ष सकिन एक महिनामात्र बाँकी हुँदा प्रदेश सरकारको खर्च ४८ दशमलब ६८ प्रतिशत पुगेको छ । ११ महिना अवधिमा जम्मा ३१ अर्ब ४१ करोड ९५ लाख...

हेटौंडाबाट चितवन जाँदै गरेको इभी भ्यान बससँग ठोक्यिो, ७ जनाको मृत्यु

  हेटौंडा ।  चितवनको राप्ती नगरपालिका–४ डडुवामा बस र इभी माइक्रो बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । इभी भ्यान हेटौंडाबाट यात्रु बोकेर चितवन भरतपुर जाँदै गरेको अवस्थामा धनगढीबाट छुटेको बससँग ठक्कर खान गई दुर्घटना भएको हो । मृत्यु हुनेमध्ये दुई...

कैलाश गाउँपालिका मकवानपुरमा पहिलोपटक पूर्ण खोप सुनिश्चिता

कैलाश । मकवानपुरको विकट कैलाश गाउँपालिका पहिलो पटक पूर्ण खोप सुनिश्चिता तथा दिगोपना गाउँपालिका घोषणा भएको छ । शुक्रबार एक समारोहकाबीच बागमती प्रदेशका प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले पूर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणा गरेका हुन् । खोप सँगै पूर्ण संस्थागत गर्भजाँच गाउँपालिका भनी पनि घोषणा गरिएको हो । पूर्णखोप...

बागमतीका यातायात मन्त्रीले भने, ‘तालिमपछि रोजगारीमा जोडिने व्यवस्था गर्नुपर्छ’

हेटौंडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले तालिम केवल तालिमका लागि मात्र नभई, तालिम दिइसकेपछि रोजगारीसँग जोडिने गरी सञ्चालन गर्नुपर्ने बताएका छन् । मकवानपुर महिला उद्यमी व्यवसायी संघको आयोजनामा तथा श्रम, रोजगार तथा यातायात मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाको सहआयोजनामा आजदेखि सुरु भएको दुईदिने ूमहिला उद्यमी...

कर बढाएकोमा मकवानपुर सुनचाँदी व्यवसायी संघको आपत्ति

हेटौंडा । सरकारले हालै प्रस्तुत गरेको बजेटमा सुनचाँदी र बहुमूल्य पत्थरमा लगाइएको करको विरोधमा सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । मकवानपुर सुनचाँदी व्यवसायी संघले बुधबार पत्रकार सम्मेलन गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । संघका अध्यक्ष पवनकुमार शाक्यले राज्यकै कारण आफूहरु सडकमा उत्रिन बाध्य भएको बताएका छन् । करका...

बजेटलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच मतभेद

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत प्रदेश सांसदहरुलाई पाँच करोड रुपैयाँसम्मको योजना बाँडफाँट गर्न सक्ने व्यवस्था गर्न लागेको खुलासा भएको छ । यस योजनाअन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिक सांसदलाई दुई करोड रुपैयाँसम्मका योजना उपलब्ध गराइने तयारी छ । केही वर्षअघिसम्म ‘सांसद...

नेसनल नमोबुद्ध र सुमेरु सहकारीको अनियमितता छानबीनको बाटो खुल्यो

हेटौंडा । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको नेसनल नमोबुद्ध र सुमेरु ऋण सहकारीमा भएको आर्थिक अनियमितताको छनबीनका लागि बाटो खुलेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले छनबीन गर्न समिति गठन गरेपछि त्यसलाई रोक्न सहकारी व्यवस्थापनपक्ष गत चैत २ गते रिट लिएर सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्चले...

सवारी दुर्घटना न्युनिकरणमा सहयोग गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर

हेटौंडा । यातायात व्यवसायी, प्रहरी, यातायात चालक, नागरिक समाजका प्रतिनिधिहरुले दूर्घटना न्युनिकरणमा सहयोग गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजना एवम् नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको समन्वयमा भएको सडक दुर्घटना न्युनिकरण सम्बन्धी सचेतना अभिवृद्धि तथा छलफल कार्यक्रममा...

बागमतीका सांसदलाई बजेट भागबन्डा, सत्तापक्षलाई ५ र प्रतिपक्षलाई ३ करोडसम्म

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि १ असारमा बजेट ल्याउँदैछ । सर्वसाधारणलाई भेटघाटमा निषेध गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेटको अन्तिम टुंगो लगाउँदैछ । आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्लेको केही दिनदेखि फोन बन्द छ । कर्मचारीहरु साँझ–बिहान खटिएका छन् । बजेट निर्माणको तीव्र गृहकार्य...