बागमतीको बजेट गम्भीर नीतिगत त्रुटिपूर्र्ण छः विपक्षी दल

संवाददाता
असार १६, २०८२

हेटौंडा । बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२र०८३ को बजेटमाथि छलफल बारम्बार स्थगित भएको र बजेट निर्माणमै गम्भीर नीतिगत त्रुटि भएको भन्दै प्रदेशसभामा प्रतिनिधित्व गर्ने तीन प्रतिपक्षी दलले आपत्ति जनाएका छन् ।

सत्तापक्षकै अन्तरविरोधका कारण संसद् अनिर्णयको बन्दी बन्न पुगेको उनीहरूको भनाई छ। बजेटको विषयमा मन्त्रालयहरुबीच समन्वय हुन नसक्दा सत्ता घटक दलहरुबीचको असमझदारी छरपष्ट देखिएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले बताए  ।

असार १२ गतेदेखि बजेटमाथि छलफल सुरु गर्ने दलहरूबीच सहमति भए पनि सत्तापक्षकै कारण हालसम्म पनि छलफल प्रारम्भ नै हुन नसकेको उनले बताए ।

दलहरुबीच आपसी समझदारी, परामर्श र कुनै जानकारीसमेत नगराई सरकारले एकलौटी ढंगले बैठक सार्ने काम गरेको प्रमुख सचेतक ढकालले आरोप लगाए ।

बजेटमा रहेको नीतिगत त्रुटि, असन्तुलित, विभेदकारी र सेटिङमा आधारित बजेट सच्याएर मात्र समस्याको हल हुने उनले बताए ।

प्रदेशसभालाई बन्धक बनाउनु भन्दा दलहरुसँग संवाद गरी आवश्यक निकाश निकाल्न पनि प्रतिपक्षी दलहरुले सरकारसँग माग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*