प्रदेश सरकारहरुको ९ महिनाको खर्च ८५ अर्ब ४७ करोड

काठमाडौं । देशका सात प्रदेश सरकारले चालु आर्थिक वर्षको ९ महिनामा ८५ अर्ब बढी रुपैयाँ खर्च गरेका छन् ।
प्रदेश सरकारहरुले चालु आर्थिक वर्ष ९ महिनामा ८५ अर्ब ४७ करोड रुपैयाँ खर्च गरेका हुन् । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आव २०८१/८२ को समग्र आर्थिक तथा वित्तीय अवस्था अनुसार चैतसम्म ७ प्रदेश सरकारले ८५ अर्ब ४७ करोड रुपैयाँ बराबर खर्च गरेका हुन् ।
त्यति खर्च गर्दा प्रदेश सरकारहरुको स्रोत परिचालन १ खर्ब ३९ अर्ब ७३ करोड रुपैयाँ देखिएको छ ।
राष्ट्र बैंकका अनुसार प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी १ खर्ब ४ अर्ब ६७ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व ३५ अर्ब ७ करोड रुपैयाँ छ ।