एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत विद्यार्थी उतीर्ण

संवाददाता
असार १३, २०८२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार सार्वजनिक गरेको छ ।

शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को एसईईको नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड (उतीर्ण) भएको बोर्डले जनाएको छ ।

नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४ सय ७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १ सय २६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।

बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको छ । अवर्गीकृत परीक्षार्थीको सङ्ख्या भने १ लाख ६७ हजार ५९७ रहेको छ । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।

परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

४८ हजार विद्यार्थीले ल्याए ३.६ भन्दा धेरै जीपीए

यसवर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०८१ मा ४८ हजार विद्यार्थीले ३।६ भन्दा धेरै जीपीए ल्याएका छन् ।

शुक्रबार प्रकाशित नतिजा अनुसार ४८ हजार १७७ जना विद्यार्थीले ३।६ देखि ४ जीपीएसम्म ल्याएका हुन् ।

एसईईको परिणाम गत वर्षभन्दा सुधार पनि भएको छ । पोहोर ४७ दशमलब ८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएकोमा अहिले त्यो संख्या बढेर ६१।८१ पुगेको छ ।

कुन विषयमा कति विद्यार्थी अनुतीर्ण ?, गणितमा बढी

राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईईर्) २०८१ को नतिजाअनुसार सबैभन्दा बढी विद्यार्थी गणितमा अनुत्तीर्ण भएका छन् ।

बोर्डद्वारा प्रकाशित नतिजाअनुसार गणित विषयमा १ लाख २८ हजार २१५ विद्यार्थी ननग्रेडेड भएका छन् । यो कुल परीक्षार्थीमध्ये सबैभन्दा ठूलो अनुपात हो ।

त्यस्तै, अंग्रेजीमा ८० हजार ६७२, विज्ञान प्रविधिमा ७९ हजार २७१, नेपाली थ्योरीमा ५४ हजार ७३५, सामाजिक अध्ययनमा ५३ हजार १८६, अर्थशास्त्रमा ४२ हजार १५० र अप्सनल म्याथमा १८ हजार २२२ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*