मकवानपुरगढी गाउँपालिकाको बजेट ७४ करोड, प्राथमिकतामा के–के समेटिए ?

मकवानपुरगढी । मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७४ करोड ५ लाख ८४ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
मंगलबार गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाअध्यक्षतामा बसेको गाउँसभामा उपाध्यक्ष मानकुमारी नेपाली पाख्रिनले उक्त बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेटले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ भने बजेटको मुख्य स्रोतका रूपमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र आन्तरिक राजस्वलाई आधार मानिएको छ ।
आय र व्ययको बाँडफाँड
गाउँपालिकाले प्रस्तुत गरेको कूल ७४ करोड ५ लाख ८४ हजार रुपैयाँको बजेटमा चालुतर्फ ४१ करोड ७० लाख ६६ हजार ९५६।३१ प्रतिशत० र पुँजीगततर्फ ३२ करोड ३५ लाख १८ हजार ९४३।६८ प्रतिशत० रकम विनियोजन गरिएको छ ।
बजेटको आयतर्फ, संघीय सरकारबाट वित्तीय समानीकरण, राजस्व बाँडफाँड, समपुरक, विशेष र सशर्त अनुदान गरी कूल ६० करोड २६ लाख ८१ हजार प्राप्त हुने अनुमान छ । त्यसैगरी, प्रदेश सरकारबाट वित्तीय समानीकरण, समपुरक, विशेष र सशर्त अनुदान शीर्षकमा ९ करोड ४० लाख ३ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ ।
गाउँपालिकाले आफ्नो आन्तरिक आयबाट १ करोड २५ लाख र गत वर्षको मौज्दातबाट ३ करोड ५० लाख रुपैयाँ संकलन गरी कूल ४ करोड ७५ लाख व्यवस्थापन गर्ने लक्ष्य राखेको छ।
बजेटको प्राथमिकताः सामाजिक विकास र पूर्वाधार
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि सामाजिक विकास क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिएको छ। यस क्षेत्रका लागि कूल बजेटको ५२.२२ प्रतिशत अर्थात् ३८ करोड ६६ लाख ४९ हजार रुपैयाँ विनियोजन गरिएको छ।
यसमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृतिक प्रवद्र्धन, खेलकुद, लैंगिक समानता तथा समाजिक समावेशीकरण९महिला, युवा, दलित जेष्ठ नागरिक, बालबालिका, जनजाति, अपाङ्गता० सामाजिक कार्यक्रमहरू समेटिनेछन् ।
त्यसैगरी, पूर्वाधार विकास क्षेत्रलाई दोस्रो प्राथमिकतामा राखिएको छ। स्थानीय सडक, पुल, सिँचाइ, भवन निर्माण तथा बस्ती विकास लगायतका पूर्वाधार निर्माणका लागि कूल बजेटको २५.१२ प्रतिशत अर्थात् १८ करोड ६० लाख रुपैयाँ छुट्याइएको छ ।
आर्थिक विकास क्षेत्र (कृषि, पशु, पर्यटन) का लागि ५ करोड ४५ लाख, संस्थागत विकास, सेवाप्रवाह र सुशासनका लागि ९ करोड ३ लाख तथा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ९ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै वन, वातावरण तथा विपद् व्यवस्थापनमा ८१ लाख ३५ हजार अर्थात १.०९ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
गाउँसभामा बजेट प्रस्तुत गर्दै उपाध्यक्ष पाख्रिनले ‘मकवानपुरगढी गाउँपालिकाको समृद्धिको आधारः शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने मूल नारालाई साकार पार्न बजेट केन्द्रित रहेको बताइन् ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष स्याङ्तानले जनताले दिएको विश्वासलाई साकार पार्न र पालिकाको चौतर्फी विकासका लागि प्रस्तुत नीति तथा कार्यक्रम र बजेट प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले बजेटको सफल कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहने बताए ।
विनियोजन सम्वन्धि प्रस्तावनलाई कार्यान्नयन गर्न बनेको विधेयक २०८२ पूर्वाधार विकास समितिको संयोजक वडा नं. २ का वडाध्यक्ष वखान सिं पाख्रिनले प्रस्तुत गरेका थिए भने अर्थ सम्बन्धि प्रस्ताव कार्यान्वयन गर्न वनेको विधेयक २०८२ आर्थिक विकास समितिको संयोजक एवम् वडा नं.६ का वडाध्यक्ष कृष्ण प्रसाद बजागाईले प्रस्तुत गरेका थिए ।