दुर्गम वडाको मुहार फेर्ने वडा अध्यक्षसँग संवाद, ७ प्रश्नको जवाफसहित

‘हाम्रो योजनामा स्पष्टता छ, सात वर्षदेखि एक रुपैयाँ बजेट फिर्ता भएको छैन’
संवाददाता
असार ११, २०८२

मकवानपुरगढी गाउँपालिकाको दोस्रो यात्रामा निरन्तर विकास निर्माणका इँटाहरु थपिँदैछन्, प्राकृतिक सौन्दर्य र पर्यटनका सम्भावनाहरु फक्रँदैछन्, इतिहासका पदचिन्हहरु संरक्षित हुँदैछन् ।

हरेक लक्षित वर्गको आवाज बुलन्द हुँदैछ । यी समग्र प्रयासहरुको दर्पण बनेर दोस्रो कार्यकालमा दोहो¥याएका जनप्रतिनिधिहरुको विगत ८ वर्षसम्मको अनुभव, सामना गरिएका चुनौतीहरु, हासिल गरिएका उपलब्धिहरु र भविष्यका सुनौला सपनाहरु शब्दमा उनेर अन्तर्वार्ता प्रस्तुत गर्दै आएका छौं । आज, हाम्रो संवादमा वडाध्यक्षसँग रहेको छ । जो आफ्नो वडाको विकास यात्राका एक अथक सारथी, आफ्नो दोस्रो कार्यकालमा पनि उस्तै जोश र जाँगरका साथ क्रियाशील छन् ।

उनको विशेषता हो–टुक्रे योजनाहरुको भिडबाट माथि उठेर, तीनै तहबाट प्राप्त स्रोतको कुशल व्यवस्थापन गर्दै, जनताले महसुस गर्ने ठोस काम गर्नु । २०७४ मा जब उनले पहिलो पटक वडाको बागडोर सम्हालेका थिए, आधारभूत आवश्यकताहरुको तस्वीर त्यति उज्यालो थिएन ।

तर, उनको दृढ संकल्प र निरन्तर प्रयासले आज वडामा सडक पूर्वाधारको सञ्जाल फैलिएको छ, शिक्षा र स्वास्थ्यको गुणस्तरसँगै सुविधा विस्तार भएको छ । घरघरमा खानेपानीको धारा पुगेको छ । अब, उनको दृष्टि वडावासीको आर्थिक समृद्धिको क्षितिज र शिक्षा तथा स्वास्थ्यमा अझ गहिरो लगानीतर्फ केन्द्रित छ ।

उनी हुन् मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष आइत सिं लो । साबिक मकवानपुरगढी गाविसका १ र २ नम्बर वडाहरुको आँगन समेटेर बनेको छ, वडा नम्बर १ । वडाध्यक्ष लोले आपटारमा रहेको यसको कार्यालयले २०७८ को जनगणना अनुसार करिब ३ हजार जनताको सपनालाई साकार पार्ने अभिभारा बोकेको छन् । उनीसँग हामी वडाको विकासको धुन, सामना गरिएका आरोह–अवरोह, र भविष्यका योजनाहरुको विषयमा रहेर सञ्जिव सुनारले गरेको संवाद प्रस्तुत छः

१) दुई कार्यकाल वडाध्यक्षको रुपमा वडा नम्बर १ को नेतृत्व गर्दाको समग्र अनुभव कस्तो रह्यो ? वडाबासीको आवश्यकता एवं अपेक्षालाई कसरी सम्बोधन गर्नुभएको छ ?

तत्कालीन मकवानपुरगढी गाविसका वडा नम्बर १ र २ मिलेर हाल गाउँपालिकाको वडा नम्बर १ बनेको हो । सुरुमा यी दुई क्षेत्रका बासिन्दाबीच अन्तरक्रिया कम थियो । संघीयतापछि एउटै वडा बन्दा घुलमिल हुन केही समय लाग्यो । प्रारम्भमा विकासमा ‘वारीपारी’ को भावनाले पक्षपात हुन्छ कि भन्ने केही आशंका थियो ।

यसलाई सम्बोधन गर्न, वडा १ अन्तर्गत साविक वडा १ बाट ५ र साविक वडा २ बाट ३ गरी ८ वटा टोल विकास समिति गठन गरियो । यी समितिहरुले नै स्थानीय आवश्यकता पहिचान गरी, त्यहाँका पदाधिकारीले टोल भेलामार्फत योजना छनोट गर्छन् । जसमा जनप्रतिनिधिहरु रोहबरमा बसी सहजीकरण गर्छौं । वडा समितिले ती प्रस्तावहरुमा छलफल गरी आवश्यकता र मागका आधारमा बजेट विनियोजन गर्ने गरेको छ ।

फलस्वरुप, विगतका कार्यकालहरुमा २०७४ र ७९ को निर्वाचनपश्चात बजेट निर्माण गर्दा कुनै क्षेत्रलाई फरक दृष्टिकोणले हेरिएको वा पक्षपात गरिएको छैन । त्यस्तो गुनासो आएको पनि छैन । सुरुको केही समय तालमेल मिलाउन लागे पनि, स्रोतले भ्याएसम्म सबैको आवश्यकता र अपेक्षा सम्बोधन गर्ने प्रयास गरेका छौं । अहिले सहज वातावरणमा काम भइरहेको छ ।

२) शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारको यी पाँच आधारस्तम्भमा तपाईंले आफ्नो दुई कार्यकालमा कसरी काम गर्नुभयो, कस्ता चुनौती आए ?

शिक्षाः हामीले २०७४ सालमा जनप्रतिनिधिको रुपमा प्रतिनिधित्व गर्नुअघि मकवानपुरगढी गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारलाई विकासको पाँच स्तम्भका रूपमा लिएको थियो । शिक्षाको कुरा गर्दा, २०७४ सालमा यो वडामा जम्मा ५ वटा विद्यालय थियो । जसमा रानीसेरा माध्यमिक विद्यालय ८ कक्षासम्म मात्र सञ्चालित थियो ।

अहिले उक्त विद्यालय ९(१० कक्षासम्म सञ्चालन भई एसईईका तीनवटा ब्याच उत्तीर्ण भइसकेका छन्, जसले गर्दा विद्यार्थीलाई अध्ययनका लागि हर्नामाडी वा ठूलोदमार जस्ता टाढाका स्थानमा जानुपर्ने बाध्यता हटेको छ । पहिले आधारभूत तहको शिक्षाका लागि जम्मा ४ जना शिक्षकले पढाउनु पर्ने बाध्यता थियो । अहिले १० कक्षासम्म पु-याउँदा शिक्षक संख्या बढेको छ, तर विषयगत शिक्षक दरबन्दीको अभाव अझै छ, जसलाई मिलाउने प्रयास भइरहेको छ ।

विद्यालयमा शिक्षक संख्या र भौतिक पूर्वाधार (घेराबार, भवन आदि) मा सुधार गरिएको छ । साथै, विभिन्न प्राविधिक तथा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था पनि गरिएको छ । समग्रमा शिक्षा क्षेत्रमा हामीले फड्को मारेका छौं ।

स्वास्थ्यः स्वास्थ्यतर्फ, पहिले सामान्य उपचारका लागि पनि हर्नामाडी वा शिखरकटेरी हालको वडा नं. २ मा जानुपर्ने अवस्था थियो। बिरामीलाई डोकोमा बोकेर ३ घण्टासम्म हिँड्नुपथ्र्यो । हामी निर्वाचित भएपछि २०७४ साल माघ ५ गतेबाट आँपटार सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरी एकजना करारका अहेवमार्फत सेवा सुरु ग-यौं ।

करिब ८–९ महिनापछि, मकवानपुर जिल्लामै पहिलो पटक सामुदायिक स्वास्थ्य इकाइमा प्रसूति केन्द्र (बर्थिङ सेन्टर) सञ्चालनमा ल्यायौं । सुरुमा भाडाको कोठाबाट थालिएको यो सेवा, पछि वडा सिलिङको करिब ८–९ लाख बजेटबाट ३ कोठे भवन निर्माण गरी सारिएको छ । सुरुमा शौचालय नहुँदा अस्थायी शौचालय बनाएर काम चलायौं । भौगोलिक विकटताका कारण पछि पिङनाँडामा पनि एकजना स्थायी कर्मचारीसहित खोप केन्द्र स्थापना गरी सेवा विस्तार गरिएको छ, जसले गर्दा वडावासीलाई स्वास्थ्य सेवामा सहज भएको छ । हाम्रो स्वास्थ्य इकाइ अहिले सानो अस्पताल जस्तै बनेको छ ।

विद्युतीकरणः विद्युतीकरणमा, पहिले वडामा बत्ती नभएको अवस्थाबाट सुरु गरी हाल वडाको करिब ९८५ क्षेत्रमा पोल, तार र केबलसहित व्यवस्थित विद्युत् विस्तार भइसकेको छ । २०७५ साल चैत ८ गते, कोराण महामारीको अवस्था थियो, लकडाउन चैत १२ गते सुरु हुनुभन्दा पहिले० राष्टिूय प्रसारण लाइन जोडिएको थियो ।

कृषि र पर्यटनः सिँचाइ अभावका कारण कृषिमा ठूलो फड्को मार्न नसकिएन । सिँचाइ अभावका बीच हाल १० लाखको बजेटमा ६४ वटा (६ मिटर चौडाई र १२ मिटर लम्बाईको बाँसको) टनेल वितरण गरी तरकारी खेती प्रवद्र्धन गरिँदैछ ।

पशुपालन (गाई अनुदान) मार्फत मल उत्पादन र डेरी विकासको योजना छ, जसले स्थानीयको जीवनस्तर उकास्नेछ । पर्यटनतर्फ, सिन्धुलीगढी कला केन्द्रबाट प्रेरित भई रानीबास एग्रो टुरिजम पार्क (मकवानपुरगढी कला केन्द्रको रुपमा प्रस्तावित) विकास गरिँदैछ ।

करिब २० बिघाको सार्वजनिक जग्गा (पहिले पर्ति बाँझो) मा घेराबार, गेट, पिकनिक स्थल र सामुदायिक भवन (दुई कोठे) निर्माण भइसकेको छ । यहाँ होमस्टे सञ्चालन गर्ने, स्थानीय तथा लोपोन्मुख सामग्रीहरु (जस्तैः हलोजुवा, फुर्लुङ, खुर्पेटो, जातो, ढिक्की, ढोको, डालो, नाम्लो लगायत) को संग्राहलय बनाउने योजना छ । यसले आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्नेछ ।

खानेपानीः खानेपानीको समस्या समाधान गर्न चालीसे खानेपानी मुहानबाट साविक २ का फुलबारी, डाँडागाउँ, पिङनाँडा क्षेत्रमा करिब १ करोड ५० लाखको लागतमा मिटर जडित धारा घरघरमा पु-याइएको छ ।

डेढ वर्षअघि वडा कार्यालयमा समेत स्वच्छ खानेपानी थिएन, मिनरल वाटर प्रयोग गर्नुपथ्र्यो । अहिले वडा कार्यालय आसपास आँपटार क्षेत्रमा पनि लेकको पानी ल्याएर घरघरमा मिटरसहित धारा जडान गरिएको छ । त्यसैगरी, रानीशेरा क्षेत्रमा पनि घट्टेपाखा मुहानबाट करिब २ करोडको लागतमा रानीशेरा माविलगायत ५०–६० घरधुरीमा मिटरसहित खानेपानी पु-याइएको छ ।

सडक सञ्जालः सडक सञ्जालमा, पहिले केही अस्थायी ३ मिटरका टूयाक्टर गुड्ने सडक मात्र थिए । २०७२ को भूकम्पपछि पुनर्निर्माणका लागि सामग्री लैजाने असहज भएपछि सडक निर्माणको माग ह्वातै बढ्यो । स्थानीय मागअनुसार घरघरमा सडक पु¥याउने अभियान चल्यो ।

हाल वडामा सानाठूला गरी करिब ८५ वटा सडक निर्माण भएका छन्, जसमा एक्लेखेत–आपँटार–रानीसेरा, दोभानचौर–बेलडाँडा–फुलबारी, दोभानचौर–बाँझोखेत–डाँडागाउँ, पराजुलीडाँडा–अधेरी, ढाप–गुर्दुम—भित्रीसौरा सडक, गढीदरवार—आलडांडा–पिङडांडा रानीवास (कान्तिलोकपथ जोड्ने), रानीसेरा–रानीडांडा–जीतपुर सडक, एक्लेखेत–ढाप–बेलघारी–सिमातखोला सडक जस्ता करिब १० वटा मुख्य सडकहरु छन् । ती सडकहरुलाई बाह्रैमास सञ्चालनमा ल्याउन सकिने गरि धमाधम भइरहेका छन् । लगभग वडाभित्रका सबै घरहरुमा सडक पुगेको छ ।

३) महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा विपन्न वर्गको उत्थानमा वडाले के–कस्ता कार्यक्रमहरु कार्यान्वयनमा ल्याउन सक्यो ? लक्षित वर्गमा कस्तो सुधार आएको छ ?

सामाजिक विकासअन्तर्गतका कार्यक्रमहरू पालिकाव्यापी रूपमा अघि बढाएका छौँ । चालु आर्थिक वर्षमा नै, प्रदेश र पालिकाको संयुक्त साझेदारीमा गृहिणी महिला सशक्तिकरण कार्यक्रमअन्तर्गत मकवानपुरगढी वडा नम्बर एकमा झोला निर्माण तालिम आयोजना गरिएको छ । जहाँ २० जना आमा दिदीबहिनीहरूले झोला निर्माणको सीप आर्जन गरिरहनुभएको छ ।

पहिलो चरणमा २० जनालाई प्रशिक्षण दिई, उहाँहरुबाट दश–दश जनाका दुई समूह निर्माण गर्ने योजना छ । समूह गठनपश्चात् उहाँहरुलाई व्यवसायिक रुपमा प्रवद्र्धन गर्न उद्योग दर्ता गराई, हाल सञ्चालित ४५ दिने तालिमपश्चात् आवश्यक मेसिन तथा सामग्री हस्तान्तरण गरिनेछ । सामग्री हस्तान्तरणपछि, आगामी बजेटमा अनुदानको व्यवस्था गरी उहाँहरुले नै उद्योग सञ्चालन गरी ब्याग उत्पादन गर्नुहुनेछ । यसलाई मकवानपुरगढी एक नम्बरमा ब्याग उद्योगको रुपमा स्थापित गरिनेछ ।

हाम्रो लक्ष्य मकवानपुरगढी गाउँपालिकाभित्रका ३७ वटै विद्यालयका विद्यार्थीहरुलाई यहीँ उत्पादित ब्याग बिक्री गर्ने हो । पालिकाभित्रका विद्यार्थीलाई बिक्री गर्ने त छँदैछ, क्रमशः बाह्य बजारको खोजी गर्दै बजारीकरण गर्ने उद्देश्य लिएका छौँ । यसअघि, विशेषतः महिला दिदीबहिनीहरुलाई लक्षित गरी आधारभूत सिलाइ, दालमोठ निर्माण, तथा चप्पल–जुत्ता बनाउने जस्ता तालिमहरु पनि सम्पन्न ग-यौं ।

हाल ज्येष्ठ नागरिकहरूलाई विशेषगरी सामाजिक सुरक्षा भत्ता वैकमार्फत वडाकार्यालयमै वितरण गरिहेका छौँ । बुवाआमाहरूलाई समय(समयमा न्यानो कपडा वितरण गर्ने कार्य पनि निरन्तर छ । त्यसैगरी, बालबालिकाहरुका लागि वडास्तरमा विद्यालय तथा वडा बाल सञ्जालहरूसँगको सहकार्यमा बालविवाह न्यूनीकरण, साइबर अपराध जस्ता विषयमा जनचेतनामूलक तथा अतिरिक्त क्रियाकलाप गतिविधिहरू सञ्चालन गर्दै आएका छौँ ।

४) तपाईंको कार्यकालमा भएका काममध्ये कुनलाई ठोस उपलब्धीको रुपमा लिनुहुन्छ, जसले वडावासीको जीवनस्तरमा प्रत्यक्ष सकारात्मक परिवर्तन ल्याएको छ ?

स्थानीय तहको निर्वाचनताका जनतासमक्ष घरदैलोमा मत याचना गर्दा, ‘यो गर्छु वा त्यो गर्छु’ भनी ठूला आश्वासनहरु बाँड्दै हिँडिएन । मानिसहरुलाई व्यर्थको आशा देखाउने वा त्यस्ता कुनै घोषणापत्र नै तर्जुमा गरेर जनताका घर–घरमा पु¥याउने कार्य पनि गरिएन ।

मेरो व्यक्तिगत घोषणा र प्रतिबद्धता के थियो भने, र मैले विगतमा पनि जनतासँगको भेटघाट र घरदैलोमा यही भनेको थिएँः ‘यो गरिदिन्छु, त्यो बनाइदिन्छु’ भन्ने जस्ता सतही वाचा गर्नुभन्दा पनि आवश्यकताको आधारमा, भोलि समय र वस्तुस्थितिअनुरुप जे निर्देशित हुन्छ, जुन विषयलाई प्राथमिकता दिनुपर्ने हो, सोहीअनुरुप कार्य गर्दै जानेछु ।

टोल विकास समिति, गाउँलेहरु, अग्रज बुद्धिजीवीहरु तथा वडा सञ्चालनमा अनुभवप्राप्त व्यक्तित्वहरुसँग निरन्तर परामर्श गरी अघि बढ्ने मेरो प्रतिबद्धता थियो । वडा अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने दुई कार्यकालको अवसरमा, कम्तीमा पनि विगतमा जहाँ पूर्वाधारको अभाव थियो, सडकको सामान्य पहुँचसम्म थिएन, त्यहाँ अहिले घरघरमा सडक पुगेको छ ।

विद्युत् सेवा उपलब्ध नभएकोमा, हाल लगभग ९८ प्रतिशत घरधुरीमा बिजुली पुगेको छ । स्वास्थ्य सेवाको सहज पहुँच थिएन, अहिले हामीले प्रसूति केन्द्र सञ्चालनमा ल्याएका छौँ । अहिले जोकसैलाई सोध्नुभयो भने, उहाँहरु यो केवल एउटा स्वास्थ्य इकाई मात्र नभई, ‘हामीले अस्पताल नै पाएका छौँ’ भन्नुहुन्छ भन्ने मलाई विश्वास छ ।

कृषि, पर्यटन लगायत सबै क्षेत्रमा हामीले प्रारम्भिक चरणमा काम गरिरहेका छौँ । तसर्थ, मैले एक्लैले गर्वका साथ ‘यो गरेँ’ भनेर फुर्ति लगाउने अवस्था छैन, न त मैले मात्रै सम्पूर्ण कार्य सम्पन्न गरेँ भनेर एक्लैले श्रेय लिने छु ।

बरु, यो सफलता समग्र टिम, जनसमुदाय, जनप्रतिनिधिहरु, राजनीतिक दलहरु, र यहाँका बुद्धिजीवी वर्ग सबैको सामूहिक प्रयासबाट प्राप्त भएको हो । त्यसैले, मैले नै गरेको हो भनी ठोकुवा गर्ने मनस्थितिमा म छैन । कुनै उदाहरणीय कार्य सम्पन्न भए तापनि यो मैले नै गरेँ भनी म दाबी गर्दिनँ ।

किनकि, विगतमा सबै शून्य अवस्थामा थियो । मैले अघि नै उल्लेख गरिसकेका मकवानपुरगढी सम्बृद्धिका पाँच स्तम्भका विषयहरु जस्तै, सबै कुरा शून्यबाटै थालनी गरेर हामी यहाँसम्म आइपुगेका छौँ । यद्यपि, अझै धेरै काम गर्न बाँकी छ । हामी बजेटको आवश्यकता र स्रोतको सीमिततालाई ध्यानमा राख्दै, सम्बन्धित निकायमा निरन्तर अनुरोध र प्रयास गरिरहेका छौँ ।

नमुनायोग्य कार्य नै सम्पन्न भयो भन्नका लागि अझै केही समय लाग्नेछ; हाम्रो कार्यकालको अब करिब दुई वर्ष बाँकी छ । यो दुई वर्षभित्र थप बजेट व्यवस्थापन गरी नमुनायोग्य काम प्रस्तुत गर्ने हाम्रो प्रयास जारी रहनेछ । तथापि, तत्कालै यो नमुनायोग्य काम सम्पन्न भयो भन्न सक्ने अवस्थामा म छैन । तर, सुरुवात भने अवश्य भएको छ । जस्तैः बिजुली र सडकजस्ता आधारभूत आवश्यकताहरू पूरा भएका छन्, यी अहिले मुख्य उपलब्धि हुन् । तथापि, यतिले मात्र नपुगेर जीवनस्तरमा ठोस सुधार ल्याउने अन्य महत्वपूर्ण कार्यहरू गर्न बाँकी नै छ । तत्पश्चात् मात्रै थप मूल्यांकन गर्न सकिएला ।

५) चुनाव जित्न सजिलो लाग्यो की जितेपछि काम गर्न ? त्यतिबेला गरेका बाचा कति पुरा गर्नुभयो कति बाँकी छ ?

मलाई व्यक्तिगत रुपमा के लाग्छ भने, चुनावी अभियानको दौरानमा, यो निर्वाचन प्रणाली र दलीय व्यवस्थामा सबैभन्दा पहिले टिकटको कुरा आउँदो रहेछ । राजनीतिक दलमा आबद्ध भइसकेपछि टिकटको विषय महत्वपूर्ण हुँदो रहेछ ।

अब, पार्टीको निर्णयले टिकट प्राप्त गरिसकेपछि, त्यो टिकट लिएर जनतामाझ जानुप-यो । जनताको बीचमा मत माग्न गएपछि, जनताले पनि के हेर्छन् भने, जनता नै जनार्दन हुन् । जनता कसैको पेवा होइनन् । जनताले जहाँ भन्नुहुन्छ, त्यतै मत जान्छ। न्यायाधीश पनि जनता नै हुन् ।

त्यसकारण, जनतासँग मत माग्न जाँदा, जनताले नै मूल्यांकन गर्ने हो । जनता नै जनार्दन हुन् र उनीहरुले नै निर्वाचित गराउने वा नगराउने भन्ने कुरा जनताको हातमा हुन्छ, जुन मतदान प्रक्रियाबाट टुंगो लाग्छ ।

जनताले मतदान गरिसकेपछि, यदि सफल भइयो वा विजय प्राप्त भयो भने पनि, त्यो विजय मात्र ठूलो कुरा होइन । काम गर्न सक्नु ठूलो कुरा हो । काम गरेर देखाउन सक्नु महत्वपूर्ण हुन्छ । वडा कार्यालय र जनतासँग जोडिएका कामहरु कति सम्पन्न भए ? कति कामहरु अल्झिरहेका छन् ? जनतालाई कति चित्त बुझाएर पठाउन सकिएको छ ?

जनप्रतिनिधि र कर्मचारीले हँसिलो मुहारले सेवा दिन सकेका छन् कि छैनन ? कतै वडा कार्यालयमा कार्य सम्पादन गर्दा वा सेवाग्राहीको काम गर्दा, जनतासँग रुष्ट हुने किसिमले बोलिवचन प्रयोग भइरहेको छ कि ? जनप्रतिनिधि र कर्मचारीबीच तालमेल मिलेको छैन कि ? जित्नु मात्रै ठूलो कुरा होइन ।

मैले सुरुदेखि नै भनेँ, टिकट, टिकटपछि जनतामाझ जाने, जनताले मत दिइसकेपछि पनि, त्यो मतको कदर गरेर काम गर्न सक्यौँ कि सकेनौँ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ । विकास निर्माणका प्रक्रियाहरु त चल्दै जान्छन् । पदको हिसाबले जिम्मेवारी प्राप्त गरिसकेपछि काम गर्न सकियो कि सकिएन ? पद लिने, तर त्यो पद अर्कैले चलाइदिनुप¥यो भने, त्यो पद लिनुको अर्थ रहँदैन भन्ने मेरो व्यक्तिगत सोच हो ।

पद लिने, तर पदलाई अर्कैले धकेलेर चलाइदिनुप¥यो भने, त्यो उचित होइन । मैले सधैँ भनेको छु, अग्रज र विज्ञ सबैको सल्लाह लिनुपर्छ। सल्लाह लिन पनि जान्नुपर्छ । यदि सल्लाह लिन पनि नजान्ने, आफैँले चलाउन पनि नजान्ने, मसँग पद छ भनेर ठूलो मात्रै बनेर हिँड्न थालियो भने, न जनताको काम हुन्छ, न आफू अगाडि बढिन्छ । त्यसकारण, पदसँगसँगै कर्म पनि गर्न सक्नुपर्छ भन्ने मलाई लाग्छ ।

वडा कार्यालय छ, त्यो वडा कार्यालयको कुर्सीमा बसेर मात्रै त हुँदैन । कुर्सीमा मात्रै घुमेर हुँदैन, काम पनि गर्नुप-यो । पदसँगसँगै, पद ठूलो होइन, काम गर्नका लागि पद चाहिन्छ । तर पदसँगसँगै, पदले काम गर्ने होइन, कर्म गर्ने हो, काम गर्ने हो । कर्म गरिसकेपछि फल प्राप्त हुन्छ, पक्कै पनि जनताले बुझ्नुहुन्छ भन्ने लाग्छ। यही किसिमले, यही अवधारणाले हामी अगाडि बढिरहेका छौँ ।

६) आगामी आर्थिक वर्षका लागि कस्तो योजना बनाउने तयारी गर्नु भएको छ ? प्राथामिकता के–केमा रहनेछ ?

योजनाको सन्दर्भमा, चालु आर्थिक वर्षका लागि वडा, पालिका र प्रदेश तहमा विनियोजित बजेटका सबै सम्झौताहरु सम्पन्न भइसकेका छन् । केही योजनाहरुको भुक्तानी प्रक्रिया अघि बढेको छ भने, हाल कार्यान्वयन चरणमा फिल्डमा विभिन्न निर्माण कार्यहरु (जस्तैः स्ल्याब ढलान) भइरहेका छन् ।

म यहाँहरुलाई विश्वस्त पार्न चाहन्छु, विगत पाँचवर्षे कार्यकाल र वर्तमान दोस्रो कार्यकालको तेस्रो बर्षको बजेट कार्यान्वयनको चरणमा, मकवानपुरगढी वडा नम्बर १ बाट एक रुपैयाँ पनि बजेट फिर्ता भएको छैन । यो कुरा म गर्वका साथ भन्न सक्छु । वडा, पालिका, प्रदेश वा सङ्घ, जुनसुकै स्रोतबाट प्राप्त बजेट भए तापनि, वडा नम्बर १ बाट एक रुपैयाँ पनि फिर्ता गएको छैन । यो विगत सात वर्षको अनुभव हो ।

चालु आर्थिक वर्षमा पनि हामी बजेट फिर्ता हुन दिने छैनौँ । यसका लागि हामीले स्थानीय टोल विकास समिति, जनप्रतिनिधिहरु र समाजका हरेक तप्कासँग निरन्तर समन्वय गर्दै अघि बढेका छौँ । चालु बजेटको विषयमा मैले स्पष्ट पारिसकेँ, हामी एक रुपैयाँ पनि फिर्ता नगरी सम्पूर्ण बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नेछौँ ।

विगतमा बजेट फिर्ता भएको कुनै रेर्कड छैन र यो वर्ष पनि हामी त्यो हुन दिने छैनौँ । अब आगामी बजेटको सन्दर्भमा, हाम्रो नीति स्पष्ट छ– हामी दुई, पाँच लाखको टुक्रे बजेट बनाउने छैनौँ ।

आगामी दुई वर्षको कार्यकालमा, हामी सानातिना र छरिएका योजनाहरूमा बजेट विनियोजन गर्ने छैनौँ । यहाँले मकवानपुरगढी गाउँपालिकाको योजना पुस्तिका हेर्नुभयो भने, वडा नं. १ ले सबैभन्दा कम शीर्षकमा बजेट बनाएको पाउनुहुनेछ । चालु आर्थिक बर्षमा हामीले विकास बजेटमा जम्मा तेह्रवटा मात्र शीर्षक निर्धारण गरेका छौँ ।

आगामी वर्षहरुमा पनि हामी यही नीति अवलम्बन गर्नेछौँ । निश्चित रकम तोकेर अब ठ्याक्कै यति बनाउँछु त अहिले म भन्दिनँ। प्राप्त सिलिङभित्र रहेर देखिने र प्रभावकारी कामहरुमा मात्र बजेट केन्द्रित गरिनेछ।

कृषिसँग सम्बन्धित योजनाहरु, शिक्षा क्षेत्रका कार्यक्रमहरु, र अन्य महत्वपूर्ण कार्यक्रमलाई एकीकृत गरी थोरै तर प्रभावकारी योजनाहरुमा लगानी गरिनेछ । उदाहरणका लागि, चालु वर्षमा करिब एक करोडको सिलिङमा हामीले जम्मा तेह्रवटा योजना बनाएका छौँ भने, आगामी वर्षहरुमा यो संख्या अझ घटाएर ठोस र देखिने कामहरुमा जोड दिइनेछ । विशेषगरी, कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी अघि बढाइनेछ ।

कृषि र पशुपालनलाई एकीकृत गरी डेरी उद्योगको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उकास्ने हाम्रो लक्ष्य छ । सडक पूर्वाधार निर्माण भइसकेको छ, घरघरमा सडक पुगेको छ । वर्षायामपछिको मर्मतसम्भारले गाडी आवतजावत सहज हुनेछ, त्यसैले अब सडकमा धेरै खर्च गरिने छैन ।

हाम्रो ध्यान अब कृषि, पशुपालन र शिक्षामा केन्द्रित हुनेछ । शिक्षा र रोजगारी बिना जनताको उन्नति सम्भव छैन । यी सबैलाई जीविकोपार्जनसँग जोडेर बजेटलाई लक्षित गरिनेछ भन्ने विषयमा वडा समितिमा एक चरणको छलफल पनि भइसकेको छ । अब हाम्रो मुख्य प्राथमिकता जीवनस्तर सुधारसँग जोडिएका कार्यक्रमहरु सुरु गर्नु हो ।

७) तपाईको दुई कार्यकालको दुई बर्ष मात्र बाँकी छ । त्यो दुई बर्षको समयलाई कस्तो बनाउने सोचमा हुनुहुन्छ ? अन्त्यमा, वडावासीलाई के सन्देश दिन चाहनुहुन्छ ?

कार्यकालको समीक्षा गर्दैगर्दा, आफ्नो कार्यकालमा गरिएका कार्यहरु र अनुभवहरु साट्ने क्रममा, स्वभावतः केही कुराहरु छुट्न सक्छन्, विशेषगरी सीमित समयमा । अबको दुई वर्षे दोस्रो कार्यकालको सन्दर्भमा, बजेट निर्माण प्रक्रियामा हामीले स्पष्ट नीति लिएका छौँ । टुक्रे बजेटको सट्टा देखिने र प्रभावकारी योजनाहरुमा केन्द्रित हुने ।

मेरो विनम्र अनुरोध, आदरणीय वडावासी तथा सम्पूर्ण गाउँवासीहरुसँग के छ भने, जनप्रतिनिधिको रुपमा, वडा अध्यक्षको भूमिका निर्वाह गर्दा, यहाँहरु सबैले कुनै राजनीतिक पूर्वाग्रह नराखी निरन्तर सहयोग गरिराख्नुभएको छ । हामीले पनि त्यही भावनालाई आत्मसात् गर्दै, सबैलाई समेटेर, सम्बन्धित क्षेत्रका व्यक्ति तथा समूहहरुसँग निरन्तर सल्लाह, सुझाव र समन्वय गर्दै अघि बढेका छौँ ।

जीवन भनेकै सिक्ने प्रक्रिया रहेछ । कोही पनि जन्मजात विज्ञ हुँदैन । अनुभवबाट सिक्दै, अनुभवी व्यक्तिहरुसँग परामर्श गर्दै अघि बढ्नुपर्दो रहेछ । मेरो विश्वास छ, अहिलेसम्म हामीले कसैको दबाब वा प्रभावमा नपरी, सबैको सल्लाह, सुझाव र सहयोगमा नै काम गरेका छौँ ।

अबको बाँकी दुई वर्ष पनि हामी यही निष्ठा र ऊर्जाका साथ, अझ उच्च मनोबलका साथ काम गर्नेछौँ । मेरो टिम वडा समितिको र सम्पूर्ण वडावासी, राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी, अग्रज तथा युवा साथीहरुको सामूहिक प्रयासबाट नै यो सम्भव हुनेछ । हाम्रो लक्ष्य, दुई कार्यकालपछि बिदा हुँदा ‘आइत सिं लो र उसको टिमले सबैलाई मिलाएर, उदाहरणीय काम ग-यो’ भन्ने सन्देश प्रवाह गर्नु हो ।

त्यसैले, आम समुदायलाई म के आग्रह गर्न चाहन्छु भने, यहाँहरुको सहकार्य बिना, एक्लो जनप्रतिनिधि वा वडा अध्यक्षले मात्रै केही गर्न सक्दैन । यो समग्र समुदायको सामूहिक प्रयासबाट मात्र सम्भव छ । यहाँसम्म आइपुग्न जसरी सबै क्षेत्र, वर्ग र समुदायबाट सहयोग प्राप्त भयो, आगामी दिनमा पनि त्यही सहयोगको अपेक्षा राख्दै, अबको दुई वर्षे कार्यकाललाई अत्यन्तै सुमधुर सम्बन्ध र समन्वयात्मक भूमिकाका साथ सफल बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*