सोधिखोजी विशेष

कृषिमा चुपचाप ‘क्रान्ति’ गरिरहेको मकवानपुरगढी

मकवानपुरगढी–२, भालुन्टारको शान्त बिहानीमा एउटा घरबाट दूध दुहेको र गाईवस्तुलाई दानापानी गरेको आवाज सुनिन्छ । केही बेरमा त्यही घरको आँगनबाट ट्याक्टरको घरघराहट सुरु हुन्छ र नजिकैको बारी जोत्न थाल्छ । यो दैनिकी कुनै व्यावसायिक किसानको मात्र होइन, बरु नेपाल प्रहरीका एक अवकाश प्राप्त असईको हो, जसले आफ्नो दोस्रो इनिङ...

पृथ्वीनारायण शाह हिँडेको पर्यटकीय गाउँ

इतिहासका पन्नाहरुमा केही कथाहरु छन्, जो प्रेम र कूटनीतिबाट सुरु हुन्छन्, तर स्वाभिमान र विद्रोहको आगोमा जलेर विजयको उत्कर्षमा टुङ्गिन्छन् । मकवानपुरगढीको कथा यस्तै एउटा जीवन्त अध्याय हो । यो कथा तत्कालीन शक्तिशाली सेन राज्य, एउटी राजकुमारी र नेपाल एकीकरणको सपना बोकेका एक महत्वाकांक्षी राजाको हो, जसले आफ्नो ससुरालीलाई...

शिक्षाको उज्यालोः धुलाम्मे कक्षाकोठादेखि डिजिटल स्क्रिनसम्मको यात्रा

घामको पहिलो किरणसँगै मकवानपुरगढी–५, मकवानपुरस्थित शारदा माध्यमिक विद्यालयको आँगनमा विद्यार्थीको चहलपहल सुरु हुन्छ । तर, आजभोलिको यो चहलपहल पहिलेको भन्दा निकै फरक छ । केही वर्षअघिसम्म यहाँका विद्यार्थीहरु जीर्ण भवन र चुहिने छानोमुनि बसेर पढ्न बाध्य थिए । आज त्यही विद्यालयमा कक्षा ४ मा पढ्ने रुक्साना कार्की स्कुल बस...

आठ वर्षमा उथलपुथल गरेको दुर्गम गाउँ

त्यो एउटा कालो रात थियो, वि.सं. २०६४ सालको । साविक मकवानपुरगढी गाविस वडा नं. १ की विष्णुमाया थिङलाई असह्य प्रसव पीडाले च्याप्यो । उनका श्रीमान त्भक्त थिङले छिमेकीहरुको सहारामा उनलाई डोकोमा बोके । लाल्टिनको धिपधिपे उज्यालोमा निर्दयी गोरेटो पहिल्याउँदै अस्पतालतर्फ लागे । तर, नियतिको क्रूर खेल, एम्बुलेन्स आउने सडकसम्म...

रैथाने बालीले हराभरा बाँझो जमिन, गाउँको कोदोको बीउ हिमालदेखि तराईसम्म

मकवानपुरगढी । उचित मूल्य र बजारको अभावमा रैथाने बालीको खेती छाडेर पलायन भएका मकवानपुरगढी गाउँपालिकाका किसानहरु स्थानीय सरकारको प्रवद्र्धनात्मक कार्यक्रमपछि पुनः व्यावसायिक खेतीतर्फ फर्किएका छन् । गाउँपालिकाले न्यूनतम समर्थन मूल्य, उत्पादन अनुदान र बजार व्यवस्थापनको सुनिश्चितता गरेपछि कुनै समय बाँझिएका सयौँ रोपनी जमिनमा अहिले कोदो र फापर लहलह भएका...

दुर्गम वडाको मुहार फेर्ने वडा अध्यक्षसँग संवाद, ७ प्रश्नको जवाफसहित

मकवानपुरगढी गाउँपालिकाको दोस्रो यात्रामा निरन्तर विकास निर्माणका इँटाहरु थपिँदैछन्, प्राकृतिक सौन्दर्य र पर्यटनका सम्भावनाहरु फक्रँदैछन्, इतिहासका पदचिन्हहरु संरक्षित हुँदैछन् । हरेक लक्षित वर्गको आवाज बुलन्द हुँदैछ । यी समग्र प्रयासहरुको दर्पण बनेर दोस्रो कार्यकालमा दोहो¥याएका जनप्रतिनिधिहरुको विगत ८ वर्षसम्मको अनुभव, सामना गरिएका चुनौतीहरु, हासिल गरिएका उपलब्धिहरु र भविष्यका सुनौला...

‘अभावमा पनि मकवानपुरगढीमा विकास रोकेका छैनौं’

सारांश – हामीले जुन उद्देश्य, परिकल्पना र सपना बोकेर चुनावमा होमिएका थियौँ, त्यसलाई कार्यरुप दिन भने सहज रहेन । योजना बनाउने र कार्यान्वयन गर्ने बीचमा यथार्थको ठूलो खाडल रहेछ । – न्यायिक निर्णय गर्दा हामीले न त कुनै नातागोता हेर्छौँ, न त राजनीतिक आस्था कानुनले दिएको अधिकारलाई निष्पक्ष रुपमा...

शिक्षक आन्दोलनको नेतृत्वदेखि ईन्जिनियर उत्पादन गर्ने थलोसम्म

हेटौंडा । कुनैबेला विद्यार्थी संख्या न्यून भएर सञ्चालनको जटिल अवस्थामा पुगेको हेटौंडाको भुटनदेवी माविले स्थापनाकालको बिरासतलाई पुनः फर्काएको छ । मकवानपुरको शैक्षिक इतिहाससँग जोडिएको एउटा विद्यालय, भुटनदेवी मावि (प्राविधिक शिक्षालय) लाई अधिकांशले हाइस्कुलको नामले चिन्छन् । भुटनदेबी मावि मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीको भाषा पाठशालाको रुपमा स्थापित विद्यालय (हाल महेन्द्र...

रैथाने बालीमा अनुदानले मकवानपुरगढीका किसानको उकासिएको जीवनस्तर

हेटौंडा । मकवानपुरगढी गाउँपालिका–८ का बालनन्द तिमल्सिनाको जग्गामा विगतमा फापर राम्रो उत्पादन हुन्थ्यो । स्वास्थ्यका दृष्टिकोणले लाभदायक भए पनि उनले बिक्रीमा उचित मूल्य पाएनन् । बिहान–बेलुका मुख जोर्नकै लागि मूरी किन चाहियो भन्ने सोचले उनले मुरीमा उत्पादन हुने फापर पाथीमा झार्न बाध्य भए । बर्खाको झरीले भिजेको र घामले...

मकवानपुर गोल्डकपको ‘मस्तिष्क हल्लाउने हिसाब’, फेहरिस्तले खोले रहस्य

हेटौंडा । जिल्ला फुटबल संघ मकवानपुरले गत संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको हालसालै हिसाब सार्वजनिक गरेको छ । हिसाब त सार्वजनिक भयो, तर जसले त्यो हिसाब हेर्छ त्यसको मस्तिष्क हल्लिन्छ । अझ देशका थुप्रै गोल्डकप फुटबल आयोजनाको खर्च देखेका र नजिकबाट बुझेका व्यक्तिहरुले यो हिसाब हेरे भने...