मकवानपुरगढीलाई बालमैत्री घोषणा गर्न अनुमति प्रदान

संवाददाता
चैत्र १०, २०७८

हेटौंडा– मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिकाको रुपमा घोषणा गर्न अनुमति प्राप्त भएको छ ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीवार गाउँपालिकालाई अनुमति प्रदान गरेको हो ।

बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीलाई अनुमति पत्र प्रदान गरेका हुन् ।

गाउँपालिका अध्यक्ष बिदुर हुमागाईं र प्रमुख प्रशासकीय अधिकृत पुडासैनीले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार ५१ वटै सूचक पूरा गरेर गाउँपालिका घोषणा अनुमतिका लागि जिल्ला समन्वय समिति मकवानपुरलाई सिफारिस गरेका थिए ।

समितिले गाउँपालिका अनुमगन पश्चात अनुमतिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो ।

गाउँपालिकाले मकवानपुरगढी–५, धादिङस्थित शारदा माध्यमिक विद्यालयको खेल मैदानमा १२ चैत शनिवार बालमैत्री स्थानीय तह घोषणा गर्दैछ ।

घोषणाका लागि सम्पूर्ण तयारी पूरा भएको गाउँपालिकाका बालमैत्री स्थानीय शासन कार्यक्रम सहसंयोजक कविराज हुमागाईंले जानकारी दिए ।

गाउँपालिकाले ५ वटा मुख्य क्षेत्र(सूचक) भित्रका ५१ वटा सूचकहरु चरणबद्ध रुपमा पारेर पालिकालाई बालमैत्री घोषण गर्न लागिएको मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुँमागाईंले जानकारी दिए ।

बाल बचाउँ, बाल विकास, बाल संरक्षण, बाल सहभागिता र संथागत विकास मुख्य सूचक रहेका छन् । उनले घोषणा कार्यक्रमलाई सफल पार्न विभिन्न समिति तथा उप–समिति गठन गरिएको र तयारी अन्तिम चरणमा पुगको बताए ।

उनले बालमैत्री स्थानीय कार्यान्वयन तथा दिगोपनाको लागि वडास्तरको लगानी योजना र पाँच बर्षे रणनितिक योजना बनाइएको जनाए । वडास्तरिय लगानी योजना अन्तर्गतको कार्यक्रमका लागि गाउँपालिकाले ३ करोड बजेट विनियोजन गरेको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*