हेटौंडामा अनेरास्ववियूको संगठन निर्माण तीव्र
हेटौंडा– नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले हेटौंडामा संगठन निर्माण अभियानलाई तीव्रता दिएको छ ।
नगरका ११ वटा विद्यालयमा अनेरास्ववियूले विद्यार्थी संगठन गठन गरिसकेको छ । संगठन निर्माणसँगै अनेरास्ववियूले विद्यार्थीहरुलाई प्रशिक्षणपनि दिँदै आएको छ ।
संगठन निर्माण अभियानअन्तर्गत् आइतबार हेटौंडाको भुटन देवि उच्च माध्यमिक विद्यालय र हेटौंडा–१६, हटियास्थित जनप्रिय माविमा कमिटी गठन गरिएको अनेरास्ववियूका जिल्ला सचिव आकाश अधिकारीले जानकारी दिए । भुटनदेवीमा अनिश जैसवालको अध्यक्षतामा ११ सदस्यीय कमिटी निर्माण गरिएको हो ।
अनेरास्ववियू नगर सहसंयोजक रोजन घिमिरेको प्रमुख आतिथ्यतामा भएको भुटनदेवी भेलामा अनेरास्ववियू जिल्ला सदस्य रोशन गोले, मकवानपुर बहुमुखी क्याम्पस कमिटी सदस्य मनोज घलानलगायतको आतिथ्यता थियो ।
जनप्रिय विद्यालयको इलेक्ट्रिकलतर्फ अनिश भण्डारीको अध्यक्षतामा ७ सदस्यीय र विकास दुलाल (एजी)को अध्यक्षतामा ७ सदस्यीय कमिटी बनाइएको छ ।
अनेरास्ववियू जिल्ला कोषाध्यक्ष सुजन ढकालको प्रमुख आतिथ्यतामा जनप्रियमा भएको कार्यक्रममा जिल्ला सदस्य दिपेश कार्की, नगर कमिटीका सुशान्त कार्कीलगायतको आतिथ्यता थियो ।